२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

आँगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो

१५ कार्तिक २०७५, बिहीबार ०५:४३

कात्तिक १५, जाजरकोट | जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग छिन् । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पुर्याएर बिक्री गर्न पाउँदा उनी निकै खुशी भएकी हुन् । 

विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख गरेर उमारिएका वस्तुले बजारको पहुँच नपाउँदा भएको पीडा सुनाएकी कृषक खड्का अहिले आँगनमै मोटर पुगेपछि उत्पादित बस्तु बजारमा बिक्री गर्न सजिलो हुनुका साथै अर्थोर्पाजन पनि राम्रो भएको बताउँछिन् । 

आफूले लगाएको सुन्तला, बदाम, अम्वा, अमिलो र कोदो बिहानै जिपमा राखेर बजारमा बिक्री गरी बेलुका घर फर्कँदा आनन्द हुने गरेको अर्का स्थानीयवासी श्याम खड्काको भनाइ छ । 

धान उत्पादन कम हुने यो गाउँमा अहिले मोटरमा बजारमा गई चामल ढुवानी गरी ल्याउनसमेत सजिलो भएको उनको भनाइ छ ।

उक्त गाउँपालिकाको कोताङ, मजकोटलगायत दर्जन गाउँमा उत्पादित वस्तुले मूल्य पाउँदा किसान खुशी छन् । अहिले गाउँपालिकाको प्रत्येक वडामा यातायातको पहुँच पुर्याउन सडक निर्माण कार्य जारी छ । 

सडकले हिँड्ने बाटोसमेत छोट्याइदिएको छ । तरकारी र कोदो यहाँको मुख्य उत्पादन भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी बताउँछन् । 

नुन, तेल, चामल आयात गरिन्छ भने तरकारी, कोदो, फलफूल यहाँबाट निर्यात गरिने उनको भनाइ छ । सडक सञ्जालले छोएसँगै यहाँका किसान व्यावसायिक बन्न थालेका छन् । 

उक्त गाउँपालिकाले सडक र विद्युत्लाई मुख्य योजना बनाएर काम गरिरहेको छ । जिल्लाको अत्यन्तै विकट र दुर्गम मानिएको सो गाउँपालिकामा विस्तारै विकासको मूल फुट्न थालेपछि किसान उत्साहित भएको स्थानीय अगुवा किसान प्रेमबहादुर बस्नेत बताउँछन् । यहाँका बासिन्दाले टेलिफोन र स्वास्थ्य सेवासमेत प्रभावकारी बनाउन माग गरेका छन् । 

मोवाइलको टावर प्रभावकारी नहुँदा रुख र अग्लो डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता अन्त्य गराउन उनीहरूले केन्द्रीय सरकारसमक्ष माग गरेका हुन् ।

 गाउँपालिकाका अध्यक्ष केसीका अनुसार स्वास्थ्य सेवा र टेलिफोन टावरका विषयमा धेरै पटक ताकेता गरिए पनि सुनुवाइ भएको छैन ।

 छेडा, थलह, चाँदे जुम्ला सडक निर्माण पूरा भएमा यहाँका स्थानीयवासीले ले राम्रो फाइदा लिनसक्ने अध्यक्ष केसीको भनाइ छ ।

गाउँपालिकाको आन्तरिक बजेटबाट गाउँगाउँमा सडक निर्माण जारी छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाको बजेटबाट ६० किलोमिटर भन्दा बढी सडक निर्माण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य