२७ फाल्गुन २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ दङ्गाग्रस्त क्षेत्र घोषणा मंगलबारबाट सकिदै

२२ भाद्र २०७२, मंगलवार ०४:२६

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको समयावधि मंगलबार आज सकिदैछ । कैलालीको टीकापुर घटनापछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्रको समयावधी आज सकिन लागेको हो ।

सीमाङ्कनको बिरोधका कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरीका एस.एस. बी. सहित ७ जना र एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले भदौ ७ गते साँझ देखि लागु हुने गरी भदौ २२ गते आजसम्मका लागि दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि दङ्गाग्रस्तको क्षेत्र घोषणाको समयावधी सकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले आज दङ्गाग्रस्त क्षेत्र घोषणाको समयावधी सकिन लागेकाले यसको बिकल्पमा नयाँ सुरक्षा रणनीति तयार पार्ने बताउनुभयो । दाङ खबरसँग कुरा गर्दै उहाँले आज दिउँशो ३ बजे सुरक्षा परिषद्को बैठक बसी नयाँ सुरक्षा रणनीति तयार पार्ने जानकारी दिनुभयो ।

दाङमा बन्द खुकुलो बन्दै
थरुहट थारुवान संयुक्त संर्घष समितिलगायतका विभिन्न संघसंगठनहरुले आह्वान गरेको दाङ बन्द आजबाट खुकुलो बन्दै गएको छ । हिजो सोमबारदेखि २४ घण्टे बन्दको आह्वान गरिएको भए पनि आज बिहानैदेखि दाङ उपत्यकाका घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगातका अधिकांश बजारहरु खुलेका छन् । आफ्ना माग पुरा गर्नतर्फ सरकार उदासिन भएको भन्दै गरिएको बन्दबाट देउखुरी भने ठप्प रहेको छ ।

देउखुरीका लमही, भालुवाङ, गढवालगायतका अधिकांश स्थानीय बजारहरु बन्द रहेका छन् । यता हिजो ठप्प रहेको जिल्लाको यातायात क्षेत्र आज बिहानैदेखि सञ्चालनमा आएको छ । जिल्लाका घोराही–तुलसीपुर, घोराही–लमही रुटमा सवारी साधनहरु सञ्चालनमा आएको बताइएको छ ।

दाङको जनजीवन सामान्य बन्दै
बिभिन्न जातीय संगठनहरुले गरेको बन्द खुकुलो हुँदै गएपछि दाङका बजारहरुमा चहलपहल बढेको छ । आज बिहानैदेखि दाङका घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगायतका स्थानीय बजारहरुमा चहलपहल बढेको हो ।

हिजोका दिनहरुमा यातायात सहज नहुँदा बजारमा चहलपहल नहुने भए तापनि आज यातायाताका साधनहरु चलेकाले घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगायतका स्थानीय बजारहरुमा किनमेलका लागि उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ । तर, देउखुरीका बजारहरु भने फाट्टफुट्ट मात्र खुलेका छन् । यसैबीच मंगलबार बिहानदेखि ज्ल्लिाको यातायात सहज बनाएको यातायात व्यवसायीहरुले जनाएका छन् ।

जिल्लाको घोराही–तुलसीपुर, घोराही–लमही र तुलसीपुर–सितलपुर, तुलसीपुर–पश्चिमका रुटहरुमा यातायातका साधनहरु सञ्चालनमा ल्याएको राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिले जनाएको छ । आदिवासी जनजाती, मधेसी तथा थारुहरुको संघिय पक्षधरहरुको मोर्चाले दंगाग्रस्त क्षेत्र घोषणा फिर्तासँगै सेना परिचालनलाई रोक्नुपर्ने माग गर्दै हिजोदेखि अनिश्चितकालिन २४ घण्टे दाङ बन्दको आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इटहरीमा  विवाहको जग्गेबाटै बेहुला–बेहुलीसहित पाँच जना पक्राउ शाहीले ‘वडाध्यक्षमा उठ्नुस्’ भनेपछि रिमालले सुनाए ‘न्युटनका बिरालाको कथा’ लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन : कमल थापा दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’ आज तोलामा ५ सय घट्यो  सुनको भाउ, कतिमा हुँदैछ कारोबार? वैदेशिक रोजगारमा बेथिति बढ्दा दक्ष नेपाली कामदारको माग घट्दै, सीप र योग्यतामै प्रश्न ! विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक जना पक्राउ कास्की केन्द्रबिन्दु भएर आज बिहान गयो भूकम्प संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची स्वास्थ्य बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना ‘फ्री भिसा फ्री टिकट’ घोषणाको एकदशक पुग्नै लाग्दा रोजगार पर्वर्दन दशक घोषणा कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ:  सभापति शेरबहादुर देउवा रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ‘वुमन्स डे’ टी-२० कप : हङकङविरुद्ध नेपाल पहिले फिल्डिङमा भीरमा अड्किएका आठ जनाको उद्धार बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट