४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नयाँ संविधानको स्वागतमा लालमटियामा संयुक्त कार्यक्रम

५ आश्विन २०७२, मंगलवार ०६:०५

सन्तोषकुमार गुप्ता, असोज ५, भालुवाङ्ग । ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को स्वागतमा देउखुरीको लालमटियामा गाविस भरिमा त्रियाशिल राजनितिक दलहरु तथा समाजिक सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी व्यवसायहरुले सोमबार लालमटिया बजारमा ¥याली सहित स्वागतसभा गरेका छन् ।

swagat1
नेपालको ७० बर्षको ईतिहासमा पहिलो पटक जननिर्वाचित सभासद्हरुद्धारा घोषणा गरिएको नेपालको संविधान २०७२ को खुशीयालीमा नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा र राप्रपाले संयुक्त ¥याली तथा स्वागत सभाको आयोजना गरेका हुन् । नेपाली काँग्रेस लालमटिया ईकाई सभापति नुमानन्द सुवेदीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यमा भएको संविधान स्वागत सभा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि लालमोहम्मद मियाँले नेपाली जनताको लामो संघर्ष पछि आफैले बनाएको संविधान घोषणा गर्न पाउनु अहिले सम्मको ठुलो उपलब्धीको बताए ।

उनले जननिर्वार्चित सभासद्हरुले बनाएको यो संविधान पूर्ण जनमैत्री तथा लोकतान्त्रिक भएकोले जनताको सच्चा संवधान भएको समेत बताए । त्यस्तै नेकपा एमाले लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाकर भुसालले घोषणा गरिएको संविधानलाई अब पूर्ण कार्यान्वयनका लागि सबैको ध्यान जानु पर्ने बताए ।

swagat2

उनले घोषणा गरिएको संविधानलाई पूर्ण लागु गर्न सके मात्र यो संविधानको बास्तविक उपलब्धी हुने बताएका थिए । त्यस्तै एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीले अहिलेको संविधान जन चाहना अनुरुप आएकोले असन्तुष्ट दलहरु आन्दोलनलाई छोडेर बार्ता र सम्बादबाट माग सम्बोधन हुने बताए । यो संविधानबाट देश आर्थिक सम्बृद्धि तर्फ उन्मुख हुने भएकोले केही बर्षमै देशको अनुहार नै बदलिने बताए ।
त्यस्तै कार्यक्रममा राष्ट्रि«य जनमोर्चा क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष केशवराज खनालले संविधानसभाबाटै जनताको संविधान जारी गर्न पाउनु नेपालीको ठुलो उपलब्धी भएको बताउँदै खनालले जारी संविधानमा संघियता र नागरिकता बिधेयक भने राष्ट्रघाती भएकोले खारेज गर्नु पर्ने बताएका थिए । उनले संविधान जारी संगै देशका सबै समस्याहरु हल हुदै जाने समेत बताए ।

राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टी अध्यक्ष रमेहमान गुरुङ्गको स्वागत मन्तव्यबाट शुरु भएको स्वागतसभामा नागरिक अगुवा नारायण शर्मा, नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजाल, ऐरावती आर्दश बहुमुखी क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसाल, आर्दश उच्च माध्यमिक विद्यालय लालमटियाका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरी, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी सरिता भुसाल र लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेलले नयाँ संविधानलाई सबैले स्वागत गदै कार्यान्वयका लागि आवश्यक दबाब दिनु पर्ने भनाई सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेकपा एमाले लालमटिया गाउँ पार्टी सचिव टोपबहादुर झाँक्रीले गरेका थिए । संयुक्त स्वागत सभामा आयोजक राप्रपा नेपाल र राप्रपाको भने उपस्थीति थिएन् । कार्यक्रम स्थलमा ती दुबै पार्टीका न त कार्यकर्ता नै देखिएका थिए न त नेता नै कार्यक्रम स्थलमा नेपालको झण्डा र सहभागी पार्टीका झण्डाहरु देखिएका थिए ।

यस बिषयमा राप्रपा नेपालका लालमटिया गाउँ पार्टी अध्यक्ष बाबुराम मल्लले पार्टीको आन्तरिक काम र स्वास्थ्य अवस्था ठिक नभएको सहभागी हुन नसकेको प्रतिक्रिया दिए । त्यस्तै राप्रपाका केन्द्रिय सदस्य अलिमोहम्मद मियाँले कार्यक्रम स्थल परिवर्तन भईरहेको खबरले हाम्रा पार्टी प्रतिनिधिहरु अन्योलमा परेका कारण त्यहाँ उपस्थीत हुन नसके पनि पूर्ण समर्थन रहेको प्रतिक्रिया दिएका छन् । सभामा गाविस भरिका सयौ नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ