२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालिका सामुदायिक वनको सार्वजनिक सुनवाई सम्पन्न

२०७२, १२ आश्विन मंगलवार १५:५४

सन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको सातौँ सार्वजनिक सुुनवाई कार्यक्रममा मंगलबार लालमटियाको आफ्नै सभाहलमा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा समूहका सचिव भिमकान्त भुसालले आर्थिक बर्ष २०७१/७२ को ८ लाख २२ हजार ५ सय ६४ रुपैयाँ आम्दानी तथा ८ लाख २० हजार ५ सय २४ रुपैयाँ खर्च र २ हजार ४० रुपैयाँ बचत भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । समूहकी सदस्य शारदा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सम्रहको आय व्यय स्पष्ट, पारदर्शी तथा जवाफदेहीयता भए पनि समूह अन्र्तगत रहेको पशुवद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रले समूहको निर्देशन पालना नगर्ने प्रवृति भने सही नभएको बताएका थिए । उनीहरुले समूह र केन्द्रको आन्तरिक समस्या छलफलबाट समाधान गर्न समेत सुझाब दिएका थिए ।

कार्यक्रममा स्वर्गद्धारी गा्रमिण विद्युत सहकारी संस्थाका अध्यक्ष बिश्वराज आचार्य, वार्ड नागरिक मञ्चका निर्वतमान अध्यक्ष रमेशमान गुरुङ्ग, लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष गुरुप्रसाद ज्ञवाली, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा समूहका सल्लाहकार हिमाली न्यौपाने, समूकी पूर्व अध्यक्ष मालिका आचार्य, समूहका वर्तमान उपाध्यक्ष बुद्धिराम चौधरी, पत्रकार सन्तोषकुमार गुप्ता, उपभोक्ताहरु जुम्मन मियाँ र आत्माराम पोख्रेलले शुभकाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहर्जीकरण नर्ती सामुदायिक वन समन्वय समितीका सहर्जकर्ता बिन्तीराम चौधरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन समूहका सचिव भिमकान्त भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ