२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा नयाँ एसपी परिचयात्मक तथा चियापान कार्यक्रम आयोजना

२०७२, १२ आश्विन मंगलवार १५:५८

man bahadur shahi

सन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गमा नयाँ एसपी मानबहादुर शाही आएका छन् । शमशेरगञ्ज गणबाट उनी हालै भालुवाङ्ग गणमा सरुवा भएर आएका हुन् भने भालुवाङ्गका एसपी इन्द्रराज कार्कीको नवलपरासीको बर्दघाटको गणमा सरुवा भएको छ ।

यसैबीच गणले भालुवाङ्गमा स्थानिय सरोकारवालाहरु संग परिचयात्मक तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै सरुवा भएर आएका नव आगन्तुक गणपति मानबहादुर शाहीले गणको कार्यक्षेत्र भित्र नागरिकहरु संगको समन्यमा सुरक्षा व्यवस्था संगै नागरिकका हरेक समस्यामा सहयोग गर्ने बताए । उनले आजका प्रहरीले दिने मात्र नभई नागरिक संग प्रत्यक्ष सरोकार राख्ने विकास निमार्ण, सरसफाई, विपत्त व्यवस्थापन जस्ता कामहरु समेत सहयोगी भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । शान्ति सुरक्षा र विकास निमार्ण प्रहरीको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भएकोले सबैको सहयोगको महत्वपूर्ण भुमिका हुने समेत बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, एनेकपा माओवादीका नारायण शर्मा, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, संघकै निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्र्रेल, भालुवाङ्ग होटेल व्यवसाय संघका अध्यक्ष ऋषिराम आचार्य, लालमटिया स्वास्थ्य चौकीका ईन्चार्ज नवराज न्यौपाने, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवर, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजाल, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी, कृष्णप्रसाद भण्डारी, सागर थापा, उद्योगपति अकबर अलि र शंकरनाथ योगी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरिक्षक चन्द्रबहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला