२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गाविसको सेवा अहिले सम्म कै प्रभावकारी, लालमटिया गाविसको समिक्षा गोष्ठी सम्पन्न

२०७२, १४ आश्विन बिहीबार ११:४१

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । देउखुरीको लालमटिया गाविसको सेवा प्रभाव अहिले सम्मकै उत्कृष्ट भएको बुधबार लालमटियाको रेडक्रस भवन मसुरियामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।

gosti
लालमटिया गाविसको आर्थिक बर्ष २०७१/०७२ मा सञ्चालित योजनाको बार्षिक समिक्षा गोष्ठीमा बोल्ने सहभागी तथा योजना प्रमुखहरुले यस्तो बताएका हुन् । उनीहरुले विगतमा पूर्व गाविस सचिवहरुले समयमा योजनाहरुको रकम निकास नगर्दा निकै दुख भोगेको बताउँदै यस बर्ष भने भनेकै समयमा बजेट निकासा पाएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

विगतका बर्षहरुमा समयमा बजेट निकासा हुन नसक्ने प्रबृत्तिले गत बर्षमा विनियोजित योजनाहरुमा सम्झौता गर्न नआउँदा समयमै योजनाहरुको काम नहुने त कतै कुनै योजनाका रकमहरु समेत स्तान्तरण गर्नु परेको गाविसले जनाएको छ । हामीले विगतका बर्षहरुमा सम्बन्धित योजनाका लागि पटक—पटक सम्झौता गर्न पटक—पटक जानकारी गराउँदा समेत नआउने गरेको अवस्था थियो तर यस बर्षलाई भने सेवा प्रभावकारी बनाउन बिना झन्झट नियम अनुसार काम सम्पन्न हुना साथ रकम निकासा दिएको फोरमलोकतान्त्रिका गोरखनाथ कसौधनले जानकारी दिए ।

समयमा बिना झन्झट बजेट निकासा दिएकोले यस बर्ष समयमै सबै योजनाहरु सम्पन्न भएको गाविस सचिव हिरालाल भण्डारीले जानकारी दिए । हामीले गाविसको काम कार्वाहीलाई प्रभावकारी बनाउन यस बर्ष गाविसबासी र राजनितिकदलको निर्णयमा सरल तरिका अपनाएको हौँ सचिव भण्डारीले भने । गाविसबासीको चाहना अनुरुप काम गर्दा समयमै योजना सम्पन्न भएकोमा सचिव भण्डारीले सबैमा धन्यवाद ज्ञापन गदै सदा सहयोग र आवश्यक सुझावका लागि आग्रह समेत गरे ।

गाविसका शाखा अधिकृत हिरालाल भण्डारीको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा सचिव भण्डारीले आर्थिक बर्ष २०७१÷०७२ को ५९ लाख ६५ हजार २ सय ६७ रुपैयाँ ८३ पैसा बराबरको योजनाहरुको समिक्षा गरिएको थियो । जसमा भौतिक पूर्वधार विकास निमार्ण तर्फ ३४ लाख ५४ हजार २६ रुपैयाँ ८३ पैसा, बालबालिका लक्षित कार्यक्रममा ६ लाख १२ हजार ५ सय ५, महिला लक्षित कार्यक्रममा ४ लाख ८० हजार ५ सय ९३, कुषि लक्षित कार्यक्रम तर्फ ५ लाख ७४ हजार १ सय ७१, विपन्न, दलित, जनजाति, मधेसीमुस्लिम तथा जेष्ठ नागरिक लक्षित कार्यत्रलममा ६ लाख ९१ हजार ९ सय ५५, कन्टेन्जेसीमा १ लाख ५२ हजार १७ रुपैयाँ बराबरको योजनाहरु प्रभावकारी ढंगले सञ्चालन भएको गाविसले जनाएको छ ।

यस बर्षको योजनाहरु पूर्ण रुपले सम्पन्न भएको र सबै रकहरु समेत भुक्तानी गरिसकिएको समेत गाविस कार्यालयको भनाई छ । गाविसले यस बर्ष विभिन्न शिर्षकमा १७ लाख ६६ हजार २ सय ४८ रुपैयाँ राजस्व समेत संकलन गरेको सचिव भण्डारीले जानकारी दिए । त्यस्तै गाविसले यस बर्ष ६९ लाख ११ हजार ४ सय रुपैयाँ समाजिक सुरक्षाभत्ता वितरण गरेको छ, भने गाविस सञ्चालन तर्फ ५४ लाख ५२ हजार ७४ रुपैयाँ खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । गाविसले गाविसका ९ वटै वडाहरुमा ६५ वटा नयाँ पुरा योजनाहरु सम्पन्न गरेको छ भने, ४५ वटा लक्षित बर्गकार्यक्रम सम्पन्न गरेको र १२ भौतिक सुधार योजनाहरु सम्पन्न भएको जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाविसका प्राविधिक ऋषिकेस क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, एमालेका शोभाकर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाब्राम मल्ल, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्टिय जनमोर्चाका केशवराज खनाल, नेकपा माओवादीका गणेश केसी, राप्रपाका टेकबहादुर गिरी, थरुहट तराई पार्टी सनिराम चौधरी, संघीयलोकतान्त्रि मञ्चका रामप्रसाद चौधरी, पत्रकार सन्तोषकुमार गुप्ताले सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा वार्ड नागरिक मञ्चका संयोजकहरु मिना थापा, शान्ति सुनार, अपाङ्ग सञ्जालका दुखराम सार्की, कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, महिला सञ्जालकी अध्यक्ष सरस्वता पोख्रेल, उपभोक्ता समितीका संयोजकहरु डदीबहादुर पाण्डे, त्रिभान बुढामगर, कृष्णबहादुर गिरी, महेशचन्द्र खनाल सहित एक दर्जन बढी योजनाका प्रमुखहरुले योजनाका प्रतिवेदन सहित अगामी दिनका लागि सल्लाह सुझाव सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गाविसका सहायक लेखापाल रेशमराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से