८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शंकर सामुदायिक वनको सार्वजनिक सुनुवाई

१४ आश्विन २०७२, बिहीबार ११:४५

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । शंकर सामुदायिक वन उपभोक्ता समुह सिसहनियाँ ४ पिपरीको छैठौ वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम विहीवार सिसहनियाँ ४ पिपरीमा सम्पन्न भएको छ । समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ दाङ्गका साधारण सदस्य ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन समुहकी सचिव तारा घिमिरे र आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष ऋषिराम चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदन उपर उठेको जिज्ञासाको जवाफ अध्यक्ष तुलाध्वज मल्ल, उपाध्यक्ष शान्ता चौधरी, सचिव तारा घिमिरे र कोषाध्यक्ष ऋषिराम चौधरीले दिनुभएको थियो । भने सहजीकरण नर्ती सामुदायिक वन समन्वय समितिका सहजकर्ता जिवलाल खनालले गर्नु भएको थियो । समुहकी उपाध्यक्ष शान्ता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समुहका सल्लाहकार रामप्रसाद चौधरी लगायतका वक्ताले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन समुहकी सचिव तारा घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला