२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा १२ हजार पेट्रोलियम पदार्थ भित्रियोे

१५ आश्विन २०७२, शुक्रबार १२:१५

सन्तोषकुमार गुप्ता, असोज १५, देउखुरी / देउखुरीमा बिहिबार राती १२ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको छ । देउखुरीका चार विभिन्न पेट्रोल पम्पमा ९ हजार लिटर डिजल र तीन हजार लिटर पेट्रोल भित्रिएको नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रिय सदस्य लिलाराम खनालले जानकारी दिए ।

petrol
देउखुरी भित्रिएका पेट्रोलीयम पदार्थ वितरण सुरु भैसकेको छ । पम्पहरुमा पेट्रोल र डिजल भर्न लाईन लागेको छ । मोटरसाईकललाई तीन सय रुपैयाँको दरले पेट्रोल वितरण गरिएको छ भने डिजल गाडी हेरेर १० देिख १५ लिटर डिजल सम्म दिइएको छ । सतवरियाको त्रिशुलधारी, पाखापानीको अम्विकेश्वरी, सोही ठाउँको पवित्रा आयल स्टोरमा तीन हजारका दरले ९ हजार लिटर डिजल भित्रिएको हो । त्यसैगरी सुन्डवरीको मिरमिरे पम्पमा तीन हजार लिटर पेट्रोल भित्रिएको छ ।

भारतले अघोषित नाका वन्दी गरेपछि अहिले चरम ईन्धन अभावको समस्या भोग्नु परेको छ । मानिसले एक लिटर पेट्रोलको लागि घण्टौं लाईन वस्नु परेको छ । गाउँ घरमा आलु रोप्ने, तोरी छर्ने र धान दाउने सिजन सुरु भएपनि पेट्रोलियम पदार्थको अभाव हुँदा किसान वढी समस्यामा परेका छन् । खाली जर्किन लिएर पम्प अगाडी किसानहरुको लाईन लाग्न थालेको छ ।

सिमित रुपमा पेट्रोलियम पदार्थ आयात भएपनि मानिसहरुले आवश्यक्ता भन्दा वढी सञ्चय गर्ने गरेका छन् । दुई लिटर पेट्रोल आवश्यक्ता पर्नेले पनि नाका वन्दीको डरले दश लिटर सम्म सञ्चय गरेर राखेका कारण थप अभाव सृजना भएको हो । यसैबीच आयत्ती पेट्रोलियम पदार्थलाई सबै मितव्यिता अपनाउन स्थानिय प्रशासनले सबैमा आग्रह गरेको छ । कसैले पनि आवश्यकता भन्दा बढी पेट्रोलियम पदार्थ सञ्चय नगर्न प्रशासनले सबैमा आग्रह समेत गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य