Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा देउसी खेल्न गएका ५ बालिका एकैसाथ कहाँ हराए ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक २२, नुवाकोट | </b>तिहारमा देउसी भैलो खेल्न गएका नुवाकामेटको लिखुका पाँच बालिकाहरु वुधवारदेखि वेपत्ता भएका छन् । नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका&nbsp; ५ जना बालिका बेपत्ता भएका परिवारजनले बताएका छन् ।&nbsp;<br></p><p>वुधवार बेलुकी देउसी खेल्न गएका स्थानीय सृजना थापामगर, सम्झना थापामगर, सविना थापामगर, सामना थापामगर, रेमा थापामगर सम्पर्कमा नआएको भन्दै खोजीका लागि परिवारजनले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।&nbsp;</p><p>आफ्नी छोरीसहित पाँचजा बालिकाहरु २४ घण्टादेखि बेपत्ता भएकाले खोजीका लागि इलाका प्रहरी कार्यालय ढिकुरेमा निवेदन दिइएको सम्झनाका पिता रामकुमार थापामगरले बताए ।</p>