सन्तोषकुमार गुप्ता/ असोज १८, देउखुरी । देउखुरीमा माटोको ढिस्कोले पुरिएर २ युवतीको मृत्यु भएको छ । घर पोत्ने कमेरो माटो लिन आईतवार बेलुकी गंगापरस्पुर गाविस ६ फुस्रेखोला गएका गढवा १ आँटीपकर निवासी २१ वर्षिया प्रबिता चौधरी र गढवा—२ कुमालगाउँकी २३ वर्षिया प्रतिमा कुमालको ज्यान गएको हो ।
चौधरी र कुमाल दुबैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले जनाकारी दिनु भएको छ ।