सन्तोषकुमार गुप्ता/ असोज १८, देउखुरी । देउखुरीमा सोमबार २१ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको छ । देउखुरीका ६ विभिन्न पेट्रोल पम्पमा १८ हजार लिटर डिजल र तीन हजार लिटर पेट्रोल भित्रिएको भित्रिएको हो ।
लमहीको श्रीराम पेट्रोल पम्पमा ३ हजार लिटर पेट्रोल, लमहीकै हुहीबा, पाखापानीको पवित्रा, गढवाको पाकिजा, एक्सप्रेस पम्प मौरीघाट र राप्ती फ्यूल कालाकाटेमा ३—३ हजार लिटरका दर पेट्रोलियम पदार्थ भित्रिएको नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रिय सदस्य लिलाराम खनालले जानकारी दिए । पेट्रोलीयम पादर्थ भित्रिए संगै विहानै देखी पेट्रोलपम्पहरुमा तेल भर्नेहरुको लाईन लागेको छ ।
पाँच सय रुपैयाँको दरले पेट्रोल वितरण गरिएको छ भने डिजल सवारी साधनको क्षमताको आधारमा प्रदान गरिएको छ । भारतले अघोषित नाका वन्दी गरेपछि अहिले चरम ईन्धन अभावको समस्या भोग्नु परेको छ । मानिसले एक लिटर पेट्रोलको लागि घण्टौं लाईन वस्नु परेको सेवाग्राहीहरु गुनासो गरेका छन् ।