४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा खाने तेलको चरम अभाव, पसल पिच्छे खाने तेलको मूल्य

१४ कार्तिक २०७२, शनिबार १०:०५

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । द्येउखुरुीमा केही दिन यता खाने तेलको चरम अभाव हुन थालेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण एक महिनाअघिबाट भइरहेको इन्धनको चरम अभावपछि बजारमा खाने तेलको पनि अभाव शुरु भएसँगै ब्यापारीले खाने तेलको मूल्य आफूखुशी बढाएको उपभोक्ताको गुनासो छ ।

ब्यापारीले स्टक रहेको खाने तेलको मूल्य एकाएक बढाएका छन । बजारमा तोरीको तेल र सोयाविनको तेलको अभाव रहेको स्वर्गद्वारी स्टोरका सञ्चालक सहना श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पहिले एक सय ४० रुपैयाँ लिटर पाइने तोरीको तेल अहिले २ सय रुपैयाँ लिटरमा बिक्री भइरहेको छ । त्यस्तै सोयाविन तेलको पहिला प्रतिलिटर एक सय रुपैयाँ थियो भने अहिले एक सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

तेल अभाव भएको बहानामा मूल्य बृद्धि गराइएको उपभोक्ताको गुनासो छ । ‘तेल नपाइएको बहानामा मूल्य बढाइएको हुन सक्छ’– तेल खरीद गर्न पुग्नुभएकी अस्मिता खत्रीले भन्नुभयो–‘डिजल, पेट्रोलको हाहाकार भएजस्तै खाने तेलको पनि हुन थाल्यो ।’ वीरगञ्ज, विराटनगरबाट खाने तेल दाङ देउखुरीमा आउने गर्छ। त्यहाँ उद्योग बन्द रहेकाले खाने तेलको अभाव भएको हो ।

नाकाबन्दीका कारण खाने तेलको उद्योग बन्द भएपछि देउखुरीका बजारमा खाने तेलको मूल्य एकाएक आकाशिएको छ । खाने तेलको अभाव पनि सिर्जना भएको ब्यापारीहरुले बताएका छन्। तेलको मूल्य स्थानीय डिलरले मनोमानीरुपमा बढाएको आरोप ब्यापारीको छ । तर डिलरका सञ्चालकहरुले भने उद्योगबाटै महंगोमा खरीद गरेकाले खाने तेलको मूल्य बढाइएको दाबी गरेका छन ।

यता उपभोक्ता मञ्चका अध्यक्ष केपी घिमिरेले नाकाबन्दीको बहानामा मूल्य बृद्धि गर्न नपाइने बताउनुभयो। ‘नाका बन्दीको बहानामा एक्कासी मूल्य बृद्धि गर्नु भनेको उपभोक्ताको ढाड सेक्नु हो’– उहाँले भन्नुभयो– ‘यस्ता कार्यको अनुगमन गर्न प्रशासनले ध्यान दिनुपर्छ ।’

स्थानीय प्रशासनले भने अभावको बहानामा मूल्यबृद्धि गर्न नपाइने बताएको छ । तर खाने तेलको मूल्य आकाशिएको विषयमा दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले तेल खरीदको विलविजक हेरर मात्रै अनावश्यक मूल्य बृद्धि गरिएको हो होइन भन्ने छुट्याउन सकिने बताउनुभयो। ‘नयाँ मूल्यमा किनेको भए मूल्यबृद्धि स्वाभाविक हो तर अनावश्यकरुपमा मूल्य बढाइएको भए विलविजक हेरर कारवाही प्रक्रिया अघि बढ्छ’– उहाँले भन्नुभयो– ‘विलविजकको अध्ययन गर्न एक टोली पठाउँछु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ