२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा अहिले सम्मकै धेरै इन्धन भित्रियो

२०७२, १४ कार्तिक शनिबार १८:१७

dang

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । भारतको अघोषित नाकाबन्दीपछि दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा इन्धन भित्रिएको छ । दाङकालागि शनिबार मात्रै एकै पटक ८० हजार लिटर इन्धन भित्रिएको हो ।

भारतले गरेको अघोषित नाकाबन्दीपछि जिल्लामा यति ठूलो परिमाणमा इन्धन भित्रिएको पहिलो पटक भएको नेपाल आयल निगमको राप्ती अंचल कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले बताए । जिल्लामा भित्रिएको इन्धनमध्ये २० हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेल रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । जिल्ला भित्रिएको इन्धनमध्ये ३० हजार लिटर डिजेल र १२ हजार लिटर पेट्रोल घोराहीबाट वितरण गरिने र ३० हजार लिटर डिजेल र ८ हजार लिटर पेट्रोल तुलसीपुरमा वितरण गरिने आयल निगमको अंचल कार्यालय तुलसीपुरले जनाएको छ । डिजेल जिल्लाका प्रायः सबै पम्पहरुमा उपलब्ध गराइने छ भने पेट्रोल आलो–पालो प्रणालीअनुसार वितरण गरिने प्रमुख श्रेष्ठले बताए ।

तर यता तुलसीपुर उद्योग वाणिज्य संघल भने जिल्लामा पेट्रोलियम पदार्थको कोटा कटौति गरिएको भन्दै त्यसको विरोध गरेको छ। शनिवार बसेको तुलसीपुर उद्योग वाणिज्य संघको बैठकले सरकारले दाङको इन्धनको कोटामध्ये ७५ प्रतिशत केन्द्रमा पठाउन थालेको भन्दै त्यसको विरोध गरेको हो ।

संघले तत्काल डिजल, पेट्रोल र ग्यासको कोटा अनुसार इन्धन उपलब्ध गराउन माग गरेको हो। पहिलेको कोटामा कुनै पनि कटौती नगरी जिल्लामा पुरानै निर्णय अनुसार पेट्रोलियम पदार्थ आपूर्तिको व्यवस्था मिलाउन शनिबारको बैठकले माग गरेको संघका अध्यक्ष विमल रिजालले बताए। वाणिज्य संघका अध्यक्ष रिजालले भने ‘भारतीय नाकाबन्दीका कारण जिल्लावासीको दैनिकी निकै कष्टकर बनेको छ। इन्धनको चरम अभाव सृजना भएको छ। यस्तो अवस्थामा केन्द्रले दाङको कोटामध्येको ७५ प्रतिशत इन्धन काठमाडौं लैजानु स्वीकार्य छैन ।’

गृहमन्त्रालयले स्थानीय प्रशासनलाई पत्रचार गरी दाङ जिल्लाको कोटाबाट ७५ प्रतिशत इन्धन काठमाडौं पठाउँदै आएकोमा वाणिज्यसंघले त्यसको विरोध गरेको हो। संघका अध्यक्ष रिजालले भने ‘जिल्लाको कोटामध्ये २५ प्रतिशत पेट्रोलियम पदार्थ मात्रै जिल्लामा राख्नु भन्ने सरकारी निर्णय व्यवहारीक भएन। यो तत्काल सच्चाउन जरुरी छ ।’ राज्यले काठमाडौंमा बासीलाई मात्रै आफ्नो नागरिक ठान्ने तर बाहिरी जिल्लामा जे सुकै होस् भन्ने किसिमको व्यवहार प्रदर्शन गरेको अध्यक्ष रिजालको भनाई छ । जिल्लाको इन्धन कटौति गर्ने सरकारी निर्णयले जिल्लावासीहरुलाई थप संकटमा पारेकोले तत्काल स्थानीय प्रशासनले यसको व्यवस्थापन गर्नुपर्ने उनको माग छ। संघको बैठकले सहज आपूर्तिको व्यवस्था मिलाउन स्थानीय प्रशासनसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से