२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा विवाद मिलाउन गएका प्रहरीमाथि खुकुरी प्रहार, ३ जना घाइते

२०७५, ३० कार्तिक शुक्रबार ११:५८

कार्तिक ३०, दाङ । दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ ।

जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं.२ अमुवामा दुई समुहबीच भएको विवादलाई मिलाउन गएका ईलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकास वली माथि खुकुरी प्रहार भएको हो ।

प्रहरी जवान वलीको टाउकोमा १० वटा टाँका लागेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । उनका अनुसार स्थानीय थप दुई जना माथि पनि चोट लागेको छ । स्थानीय बिशाल रोका र नैनबहादुर नेपालीको टाउकोमा सामान्य चोट लागेको प्रहरी निरीक्षक चौधरीले बताए ।

खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवा निबासी २५ बर्षीय चन्द्रवहादुर नेपाली, २० बर्षीय नैनसिङ नेपाली, २२ बर्षका सुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विवाद भएको सूचनाको आधारमा आफुहरु त्यहाँ पुगेर विवाद मिलाउने क्रममा खुकुरी प्रहार भएको प्रहरीले बताएको छ । उनीहरुको साथबाट खुकुरी, बञ्चरो, खुर्पा लगाएतका घरेलु हतियार बरामद गरिएको छ । प्रहरीले आरोपीलाई ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ