५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कण्डम उपहार लैजान लमही वसपार्कमा चहलपहल

१४ कार्तिक २०७२, शनिबार १८:२९

condomसन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । लमहीको वसपार्कमा निःशुल्क कण्डम लैजानेहरुको चहलपहल थियो । राष्ट्रिय कण्डम दिवशको अवसरमा उपहार स्वरुप यहाँ कण्डम वाँडीएको हो । तर, कण्डमको नाम सुन्दा वित्तिकै नाकै खुम्च्याउनेहरु पनि भेटीए । कण्डम प्रति अझै पनि मानिसहरुको संकुचीत धारणा छ । यो धारणा सुस्त सुस्त परिवर्तन हुन थालेको अभियानकर्ताहरुले वताउने गरेका छन् । राष्ट्रियकमण्डम दिवशको अवसरमा उपहार स्वरुप वसपार्कमा वाँडन राखीएको कण्डम पत्रिकाले प्याक गरीएको थियो ।

किन प्याक गरिएको भन्ने प्रश्नमा नेपाल यौन रोक तथा एड्स अनुसन्धान केन्द्र लमहीका कार्यक्रम संयोजक वसन्त आचार्यले भन्नुभयो‘सार्वजनिक रुपमा कण्डम लैजान हिचकिचाउने मानिस पनि छन्, उनिहरुको सजिलोकोलागी पनि पत्रिकाले प्याक गरेर कण्डम वितरण गरेका हौं ।’ कतिपय यूवा स्वस्फुर्त कण्डम खोज्दै आए । केहीले भने कण्डम भन्दा वित्तिकै नाक नै खुम्च्याए । कण्डम वितरणमा भने किशोरीहरु खटीएका थिए ।‘जमाना कहाँ पुगीसक्यो, अझै कण्डम भन्दा वित्तिकै लजाउनेहरु पनि छन्’शारदा विकले भन्नुभयो–‘यौनरोग र एचआईभि वाट वच्न यो भन्दा उत्तम उपाए अरु केही छैन् । दिवशको नारानै दोहोरो सुरक्षाकालागी कण्डममा पहुँच बढाऔं राखीएको छ । वस पार्कवाट मात्रै तिन हजार कण्डम वितरण गरिएको छ । सार्वजनिक सवारी साधनका चालक, सहचालक, वटुवा लगाएतका सर्वसाधारणले कण्डम लगेका छन् । तर, कण्डम लैजानेमा सवै पुरुष छन् । महिलाहरुले कण्डम भने लगेका छैनन् ।‘पुरुषहरुले मात्रै कण्डम लग्नु भएको छ’कार्यक्रम संयोजक वसन्त आचार्यले भन्नुभयो–‘कण्डम वितरणमा महिलाहरु खटीएपनि लैजानेमा महिला छैनन् ।’ कण्डम प्रतिको संकुचीत धारणा हटाउन अझै सचेतना कार्यक्रमको आवश्यक्ता छ ।

विद्यालय स्तर र अभियभाक तहमा पनि सचेतना मुलक कार्यक्रम चलाउनु पर्ने आवश्यक्ता औंल्याइएको छ । कण्डमका वारेमा दिवशको अवसरमा मात्रै वहश गर्नेभन्दा पनि हरेक चरणमा यसको सही सुदुपयोगका वारेमा कार्यक्रम चलाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ