२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका नयाँ सिडियो, एलडियो र जिशिअका योजना: नागरिकलाई प्रभावकारी सेवा दिने

५ चैत्र २०७२, शुक्रबार ०२:५६

Akadev adhikariपूर्णप्रसाद न्यौपाने/चैत ५, ओखलढुंगा ।
नागरिक सेवालाई प्रभावकारी बनाउने ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनु भएको छ

भर्खरै ओखलढुंगाको प्रमुख जिल्ला अधिकरीको जिम्मेवारी
सम्हाल्नु भएका अधिकारीले पदिय दायित्व निर्वाह गर्दै नागरिक सेवालाई प्रभावकारी बनाउने बताउनु भएको हो
। ‘म धेरै कुरा गर्छु भन्दिन तर प्रमुख जिल्ला अधिकारीले के के गर्नुपर्ने हो त्यो काम जिम्मेवार भएर
गर्छु’ प्रजिअ अधिकारीले भन्नुभयो‘शुसासन र पारदर्शीता कायम गर्दै निकायगत जिम्मेवारी र उत्तरदायित्वलाई
अझ प्रबद्र्धन गर्नेछु’ विगतमा सुरु भएका र आवश्यक देखिएका कामहरु जिम्मेवार निकायहरुसँगको सहकार्यमा
अगाडि बढाउने आफ्नो योजना रहेको उहाँको भनाई छ ।

त्यस्तै भर्खरै
आउनु भएका स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्रीले विकासमा विभेद नगर्ने बताउनु भएको छ । ‘मेरो गृह
जिल्ला पनि र यस अघि मैले पटक पटक काम गरिसकेको ठाँउ हो ओखलढुंगा’खत्रीले भन्नुभयो‘वास्तविक उपभोत्ता
माझ पुगेर उपभोत्ता समितिलाई सकृय र जिम्मेवार बनाउने मेरो योजना छ ।’ निर्देशिकले गरेको निर्देशन
अनुसार विकास बजेट विनियोजन गर्ने र सोहि अनुसार काम भए नभएका विषयमा अनुगमन गर्ने उहाँको भनाई छ ।
जिल्ला बासी खत्रीले यसअघि पनि स्थानिय विकास अधिकारी भएर जिल्लामा काम गरिसक्नु भएको थियो ।

यसैविच जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापाले पनि जिल्लाको शैक्षीक
विकास र गुणस्तर सुधारका लागि काम गर्ने बताउनु भएको छ । करिब एक महिना अघि जिल्ला शिक्षा अधिकारीको
जिम्मेवारी लिएर आउनुभएका थापाले विगतमा सुरु भएका कार्यक्रम र योजनालाई समय सापेक्ष बनाउँदै अघि बढ्ने
बताउनु भएको हो । ‘म एक्लैले केहि गर्ने भन्ने होईन सबैको साथ र सहयोगमा हुने कामको म नेतृत्व गर्छु’
थापाले भन्नुभयो ‘विसं.७३ मिसन ७५ को अभियान सञ्चालनमा रहेछ, उक्त अभियानको अहिले सम्मको प्रगतीको
समिक्षा गर्दै थप योजना बनाएर अघि बढ्छु ।’

एसएलसी र जिल्ला
स्तरीय परीक्षा मर्यादित बनाउने तथा भूकम्प प्रभावित विद्यालयको शैक्षीक विकासमा देखिएको समस्या समाधान
गर्ने काम आफ्नो पहिलो काम हुने उहाँको भनाई छ । आफ्नो कार्यकालमा केहि नयाँ र रोचक काम गरेर जनपक्षीय
प्रशासक बन्ने रहर प्राय सबै प्रशासकहरुमा हुन्छ ।

ओखलढुंगा
आउने सबैजसो प्रमुख जिल्ला अधिकारीले केहि न केहि नयाँ र उपलब्धी मुलक काम गर्ने गरेका धेरै उदाहरणहरु
छन् । तर एउटाले सुरुवात गरेको काम उ सरुवा भएपछि आउने अर्कोले निरञ्तरता नदिँदा केहि अतिआवश्यक मानियका
कामहरु समेत प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ