२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लमहीमा झण्डै ९ करोड लगानीमा ब्यापारीक भवन बन्दै

२०७२, १५ कार्तिक आईतवार ०९:१५

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । पूर्व—पश्चिम राजमार्गले छोएको दाङ देउखुरीको लमहीमा ठूलो लगानीमा बहुउद्देश्यीय ब्यापारीक भबन बन्न थालेको छ । लमही नगर विकास समितिले आफ्नै लगानीमा ब्यवस्थित ब्यापारका लागि बहुउद्देश्यीय ब्यापारीक भबन बनाउन थालेको हो ।

पूर्व—पश्चिम राजमार्गसँग सटेको साढे ४ कठ्ठा जग्गामा निर्माणाधिन भवनको अनुमानित लागत ८ करोड ३३ लाख २४ हजार ९३ रुपैयाँ छ । अण्डर ग्राउण्ड पार्किङसहित साढे ८ तल्लाको भवन निर्माण गरिनेछ । यो भवन मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलकै पहिलो हुने दाबी गरिएको छ ।

‘ब्यवस्थीत बजारकालागि यो भवन बनाउन थालेका हौं,’ लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस लमही हुँदै ओहोर(दोहोर गर्छन्, उनीहरु सबैलाई सुविधा पुग्ने विश्वास छ ।’ झण्डै ९ करोडको लागत स्टिमेट तयार पारिएको भवनको अहिले जग (फ्रेम स्ट्रक्चर) बनाउने काम भैरहेको छ । यो काम चक्रेश्वरीरशिव शक्ति जे.भी. सानेपाले ठेक्कामा लिएको छ । ०७३ जेठ मध्यमा भवनको फ्रेम स्ट्रक्चर बनाउने काम सक्ने लक्ष्य राखिएको छ ।राजमार्गदेखि दुई तला अण्डरग्राउण्ड हुने छ । जहाँ पार्किङ्गको सुविधा रहने लमही नगर विकास समितिका सबईञ्जिनियर तुलसीराम अर्यालले जानकारी दिए ।

‘यो भवन मल्टिप्रपोज्जडका लागि हो, बैंक, होटेल, आधुनिक फिल्म हल जेमा पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘छरिएर रहेको बजारलाई एकीकृत गर्न सकिन्छ, सबै सामान पाइने महलको रुपमा स्थापीत गर्न सकिन्छ ।’ घडेरी बिक्रीबाट जम्मा भएको रकम भवन निर्माणमा लगानी गरिएको छ । उक्त भवनबाट नगर विकास समितिको आन्तरिक आयश्रोत थप वृद्धि हुने विश्वास गरिएको छ ।

नगर विकास समितिले हाल लमहीमा बसपार्क, केही भवन र सटरहरु भाडामा लगाएको छ । त्यहीबाट आएको मासिक आम्दानीले कर्मचारीको तलब र कार्यालय सञ्चालन गर्दै आएको छ । स्थानीय स्तरमा ठूलो लगानीमा ब्यापारीक भवन बन्न थालेपछि देउखुरी क्षेत्रमा छुट्टै चहल पहल छ । दीर्घकालीन ब्यवसायका लागि अधिकांशको रोजाई सोही ब्यापारीक भवन बन्ने देखिएको छ ।

उक्त आधुनिक र सुविधा सम्पन्न ब्यापारिक भवनमा आफूहरुको पनि पहुँच होस् भन्ने साना व्यापारीहरुको माग छ । ‘सबै राम्रो हुँदै गयो भने एउटा सटरसम्म भाडामा लिने योजना बनाएको छु,’ स्थानीय व्यापारी भेषराज भट्टराईले भने, ‘साना ब्यापारीहरुको पहुँच पनि यस्ता भवनमा हुनुपर्छ, योजना बनाउँदा नगर विकास समितिले ख्याल गरिदियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से