2026-10-15 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङको एकादशी जात्रा: झडपमा प्रहरी सहित केहि घाइते, ८ सवारी साधनमा तोडफोड

मङ्सिर ३, धादिङ | धादिङ र गोरखाको सिमानामा पर्ने धादिङ ज्वालामुखी ५ बुंकोटघाटमा आज मध्येराति झडप भएको छ | झडपका क्रममा केहि स्थानीय सहित १ जना प्रहरी घाइते भएका छन् भने ३ बोलेरो र ४ वटा मोटरसाइकल तोडफोड भएको छ | 

स्थानीय र प्रहरीले दिएको जानकारी अनुसार गोरखापट्टिबाट आएको समूहले धादिङपट्टी भएको जात्रामा आक्रमण गरेको थियो | झडप नियन्त्रण गर्ने क्रममा ज्वालामुखि साद भन्ज्याङका असई विनय कुमार पाण्डे घाइते भएका छन् | उनलाई उपचारका लागि काठमाडौँ स्थित प्रहरी अस्पताल लागिएको धादिङका प्रहरी निरीक्षक केशव सिङ थापाले साझा सबाललाई जानकारी दिए | उनको अनुसार झडपमा संलग्न गोरखाका केहि व्यक्तिहरुको नाम जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ | थापाका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएपछी मात्र घटनाको बारेमा थप जानकारी प्राप्त हुनेछ | 

यसै बिषयमा ज्वालामुखी ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले बताए अनुसार झडपका क्रममा गोरखा र धादिङ दुवै तर्फका गरि ८ सवारी साधनमा तोडफोड भएको छ | रोकीराखिएका ३ बोलेरो र ५ मोटरसाइकल तोडफोड भएको हो | काप्रीका अनुसार झडपको क्रम गोरखापट्टीका समूहले अन्धाधुन्द ढुङ्गाले हानेका थिए, त्यहि क्रममा असई विनय कुमार पाण्डेको नाकमा ढुंगाले लागेको हो | 

झडपका क्रममा दुवै पक्षका केहि घाइते भएको भए पनि कोहि सम्पर्कमा आएका छैनन् | रातिनै आफू घाइते भएको भन्दै फोन गरेको व्यक्तिको समेत फोन स्वीच अफ रहेको वडाअध्यक्ष काप्रीले जानकारी दिए | 

स्थानीयले दिएको जानकारी अनुसार लंगुरबुर्जा खेलाउने क्रममा भएको सामान्य विवादले पछी झडपको स्थिति पैदा भएको हो | झडपको मुख्य दोषी गोरखा क्यामिन्टारका कमल कुमाल रहेको बताइएको छ | उनलेले क्यामुनटारबाट केही युवाहरु लिएर धादिङ तर्फ आई जात्रामा आक्रमण गरेका थिए । स्थानीयले पनि व्यक्ति-व्यक्तिबीच भएको सामान्य विवाद पछी गोरखा पट्टिबाट आएको ठूलो समुहको कारण झडपमा परिणत भएको बताएका छन् | आक्रमण पछी उत्तेजित भएर गएका त्यहि समूहले गोरखा पट्टि रोकिराखेको ३ बोलेरो र ५ वटा मोटरसाइकल तोडफोड गरेका थिए | 

धादिङ्गको र गोरखासिमानामा जोडीएको बुंकोट घाँटमा बर्षेनी एकादशीको मेला लाग्ने गरेको छ । बर्षेनी घटना हुने गरेको जात्रामा काम शंख्यामा प्रहरी परिचालन गरिनु, जुवातास खेल्न दिइनु र मदिरा सेवनलाई नियन्त्रण गर्न नसक्नुले बर्षेनी घटना हुने गरेका छन् । 

तश्वीर: सुशान श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने