१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पेशागत महासंघ नेपाल ओखलढुंगाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

५ चैत्र २०७२, शुक्रबार ०२:५९

peshagat mahasagh okhaldhungaपूर्णप्रसाद न्यौपाने/चैत ५, ओखलढुंगा । पेशागत महासंघ नेपाल जिल्ला शाखा ओखलढुंगाको
अध्यक्षमा नइन्द्रराज राई सर्बसम्मत चयन हुनुभएको छ ।

बिहिबार
भएको दोस्रो जिल्ला अभिवेशनबाट राईको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । प्रगतिशिल
पेशाकर्मीहरुको साझा संगठनको रुपमा रहेको महासंघको उपाध्यक्षमा सिताराम दाहाल, सचिवमा कौषल घिमिरे,
कोषाध्यक्षामा गीता खड्का र सह सचिवमा युवाराज दाहाल चयन हुनु भएको छ । अधिवेशनको उद्घाटन महासंघका
प्रथम उपाध्यक्ष प्रेमलकुमार खनालले उद्घाटन गर्नु भएको थियो ।

उद्योग बाणिज्य संघको सभाहलमा भएको अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट निजामति तर्फको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा निजामति कर्मचारी संगठनको तर्फबाट खडा
गरिएका उम्मेदवारहरुलाई निर्वाचित गराउन विशेष प्रस्ताव पारित गरेको छ । केन्द्रमा २५ ओटा पेशगत संगठन
आवद्धरहे पनि ओखलढुंगामा भने शिक्षक, निजामति कर्मचारी, स्वाथ्यकर्मी, प्राविधिक र प्राध्यपकहरुको
संगठनमात्र आवद्धता रहेका छन् ।

कार्यक्रममका प्रमुख
अतिथिमहासंघका उपाध्यक्ष प्रेमल खनालले ट्रेड युनियन अधिकार स्थापित गर्न पेशागत महासंघ क्रियाशील रहेको
बताउनुभएको छ । पेशागत महासंघ जिल्ला शाखा ओखलढुंगाको दोस्रो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष खनालले
सबै खाले पेशाकर्मीको पेशागत सुरक्षा र जीविको पार्जनको सुनिश्चितताका लागि महासंघ सबै लडिरहेको
बताउनुभएको हो । पेशागत महासंघ नेपालको दोश्रो जिल्ला अधिवेशनमा एमालेका जिल्ला स्तरीय पद्यादिकारी
सहितका सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु