१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा होली मनाउँने बहानामा मनपरि गर्नेलाई कानुनी कारबाहि हुने

८ चैत्र २०७२, सोमबार १२:५६

okhaldhunga policeपूर्णप्रसाद न्यौपाने/चैत ८,
ओखलढुंगा ।
होली पर्वलाई सभ्य बनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाबासीलाई आग्रह
गरेको छ ।

होली पर्वका समयमा हुन सक्ने घटनालाई मध्येनजर गर्दै
कार्यालयले सार्वजानीक सुचना जारी गरेर जिल्लाबासीलाई यस्तो आग्रह गरेको हो । होलीके पूर्वसन्ध्यामा
सार्वजानीक सुचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लाबासीहरुलाई शुभकामना व्यक्त
गर्नुभएको छ ।

प्रजिअ अधिकारीद्धारा हस्ताक्षरीत सुचनामा
अन्तरसद्भाव कायम राख्न आग्रह गर्दै होली पर्व मनाउने बहानामा ईच्छा विपरीत जवजस्ती रंग दल्ने,फोहोर
पानि छ्याप्ने, प्लाष्टिकजन्य लोला हान्ने बाटो हिँड्ने,महिला बालबालीका लगाएतलाई दुःख दिने जस्ता हर्कत
गरेको पाईएमा कडा कानूनी कारबाहि गरिने उल्लेख गरिएको छ ।

यसैविच जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले पनि चाडवाडका समयमा अनैतिक काम नगर्न सवै जिल्ला
बासिहरुमा आग्रह गरेको छ । होलीपर्वलाई लक्षीत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी प्रमुख
दिपेन्द्र शाहले बताउनुभयो । त्यस्तै अस्थायी ट्राफीक प्रहरी पोष्ट ओखलढुंगाले सडकलाई होली मनाउने
स्थलको रुपमा प्रयोग नगर्न अनुरोध गरेको छ ।

चाडवाडका समयमा
मापासे गरि सवारी चलाउदा दुर्घटना हुन सक्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्दै आज दिनभर ट्राफीक
प्रहरीले ओखलढुंगामा माईकिङ गरेको थियो ।

पर्वको समयमा विगतमा
धेरै दुर्घटना जन्य घटनाहरु भएकाले पुर्व सतकर्कता अपनाउन आग्रह गरिएको ट्राफीक प्रहरी ईन्चार्ज कुमार
फुयालले बताउनुभयो । भोली पहाड र पर्सि तराईका जिल्लाहरुमा धुमधामका साथ होलीपर्व मनाईँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो