१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा ट्रेड युनियनको अध्यक्षका लागि ईश्वर र राजन चुनावी मैदानमा

९ चैत्र २०७२, मंगलवार ०३:११

पूर्णप्रसाद न्यौपाने/ चैत ९,
ओखलढुंगा ।
ओखलढुंगामा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा दुई पक्ष बिच
कडा प्रतिस्पर्धा हुने देखिएको छ । चैत्र २८ गते हुने ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी
संगठन र नेपाल निजामती कर्मचारी युनियन संघ बिच कडा प्रतिस्प्रर्धा हुने देखिएको हो ।

ishwor and rajan

दुवै संगठनले निर्वाचनको तयारी तथा प्रचार प्रसार अभियानलाई तिव्र पारेका छन् । नेपाल निजामती
कर्मचारी संगठनले अध्यक्षमा ईश्वर ढुंगाना,उपाध्यक्षमा निलकमल निरौला,सचिवमा प्रकाशमान केसि,सहसचिवमा
सत्रुधन कट्वाल र कोषाध्यक्षमा गिता खड्का लगाएतको प्यानल घोषणा गरेको छ । भने नेपाल निजामती कर्मचारी
युनियन संघले अध्यक्षमा राजन दाहाल,उपाध्यक्षमा गणेश बास्तोला,सचिवमा पुरुश्वत्तम सुवेदि, कोषाध्यषमा
निरकुमार ढुंगाना,सहसचिवमा ताराबहादुर बानियाँ लगाएतको प्यानल घोषणा गरेको छ ।

okhaldhunga sajhasabal
ओखलढुंगामा नेपाल
राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठन पनि सकृय छन् तर ति संगठनले आफैँ चुनावी मैदानमा
उत्रीने वा अन्य संघ संगठनलाई समर्थन गर्ने अहिले सम्म औपचारीक रुपमा कुनै धारणा सार्वजानीक गरेका छैनन्
। अन्य संघ÷संगठन चुनावी मैदानमा उत्रिएपनि अहिले सम्मको अवस्था हेर्दा नेपाल निजामती कर्मचारी संगठन र
नेपाल निजामती कर्मचारी युनियन संघ बिच नै कडा प्रतिस्प्रर्धा हुने सम्भावना छ ।

ओखलढुंगामा ट्रेड युनियनको निर्वाचनको मैदानमा उत्रीएका ईश्वर ढुंगाना र राजन दाहाल
दुवैले अध्यक्षपदमा आफ्नो जित सुनिश्चीत रहेको दावी गरिरहेका छन् । गाविस सचिव ईश्वर गाविस सचिव हकहित
संरक्षण क्षेत्रका केन्द्रिय सदस्य हुन् भने मालपोतका नासु राजन नेपाल निजामती कर्मचारी युनियन संघका
वर्तमान जिल्ला अध्यक्ष हुन् ।

राजनलाई मालपोत,कृषि र स्वास्थ्य
कार्यालयका कर्मचारी र बढिजसो कार्यालय प्रमुखको तथा ईश्वरलाई केहि बाहेक सबै गाविस सचिव,जिल्लावन,हुलाक
लगाएतका कार्यालय र अन्य संगठनका प्रतिनिधीको साथ रहेको बुझिएको छ ।

okhaldhunga ss

ओखलढुंगामा नेपाल निजामती कर्मचारी संगठन निजामती कर्मचारीहरुको बलीयो संगठन हो त्यसैले पनि
ईश्वरले जित्नै पर्ने दवाव छ । भने सामाजीक व्यक्तीत्वका कारण धेरै कर्मचारीहरु राजनको नजीक रहेको र
नेपाल निजामती कर्मचारी युनियन संघको नेतृत्व गरेर लामो समय काम गरिसकेकाले उनलाई पनि जित्नै पर्ने दवाव
छ । दुवै पक्षका कर्मचारीहरु अहिले चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल