मङ्सिर १०, काठमाडौं | डाक्टर गोविन्द केसीले फेरि अनसनको तयारी गरेका छन् ।
विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै केसी फेरि अनसन बस्ने तयारीमा जुटेका हुन् ।
विगतमा भएको सहमति कार्यान्वयमा सरकार गम्भीर नदेखिएकाले केसी फेरि अनसन बस्न लागेको उनका सहयोगी प्रीतम सुवेदीले बताए ।