२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा पहिलो पटक कुक तथा वेटर, वेट्रेसतालीम सुरु

१४ चैत्र २०७२, आईतवार १२:१३

पूर्णप्रसाद न्यौपाने, चैत १४, ओखलढुंगा /
ओखलढुंगामा पहिलो पटक कुक तथा वेटर, वेट्रेस  तालीम सुरु भएको छ । व्यवसायीक सिप विकास तथा
तालीम केन्द्रको आयोजना एवम् होटल व्यवसायीसंघ ओखलढुंगा र गौरीभक्त होेटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी
प्रालिको व्यवस्थापनमा आजबाट तालीम सुरु भएको हो । करिब १ महिना सम्म सञ्चालन हुने तालीममा कुकमा ४३ जना
वेटर,वेट्रसमा २३ जनागरी कुल ६६ जना प्रशिक्षार्थीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

cook

जिल्लामा पहिलो पटक सञ्चालन
गरिएको कुक तथा वेटर,वेट्रस तालीम निशुल्क सञ्चालन हुने तालीम भएकाले पनि धेरै युवाहरु आकर्षीत भएका छन्
। व्यवसायीक सिप विकास तथा तालीम केन्द्रका प्रमुख भविन्द्र खत्रीको अध्यक्षता तथा सिद्धिचररण
नगरपालीकाका कार्यकारी अधिकृत राजन घिमिरेको प्रमुख आतिथ्यतामा भएको तालीम उद्घाटन कार्यक्रममा बोल्ने
सबैजसो वत्ताहरुले अनुशासीत र जिज्ञासु भएर तालीमम सहभागीहुन प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन्

जिल्लामा पहिलो पटक सञ्चालन भएको तालीम मार्फत प्रभावकारी सिप
आर्जन गर्न आग्रह गर्दै तालीम केन्द्रका प्रमुख भविन्द्र खत्रीले नियमीत कक्षामा उपस्थित हुन र बढि
जिज्ञासु भएर सहभागि बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । निशुल्क सञ्चालन सुरु भएको तालीममा
महिला र पुरुषको लगभग बराबरी जस्तो सहभागिता छ । भने जिल्लाका होटल व्यवसायीहरु पनि तालीममा सहभागि
हुनेछन् ।

यसैविच यो तालीमले जिल्लाको होटल व्यवासाय
प्रवद्र्धनमा टेवा पुग्ने होटल व्यवसायीसंघ ओखलढुंगाले जनाएको छ । तालीममा सहभागिहरुले सिकेका कुरा
व्यवहारमा उतारेमात्रै पनि जिल्लाको होटल व्यवसायमा निकै ठुलो परिवर्तन आउने संघका अध्यक्ष थगेन्द्रराज
राईले बताउनुभयो ।

अस्वस्थताका कारण हाल राजधानीमा उपचाररत
अध्यक्ष राईले हामीसँग भएको कुराकानीमा सञ्चालीत तालीममा आफु उपस्थित हुन नसकेपनि तालीमबाट उत्पादन हुने
दक्ष जनशक्तीलाई रोजगारी दिने र व्यवसायी बन्ने कुरामा विषेश सहयोग गर्ने बताउनुभयो । दक्ष जनशक्तीको
अभावका बिच ओखलढुंगामा सञ्चालीत होटलहरुले दिने सेवाम पनि निकै राम्रो परिवर्तन आउने सबैको अपेक्षा छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ