मंसिर १३, काठमाडौं । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलामा २ सयले बढेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने स्थिर रहेको छ | चाँदी आज प्रतितोला मूल्य ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।