२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

काँग्रेसलाई सरकारमा ल्याउने पहल भइरहेको छ: पोखरेल

२०७२, २० चैत्र शनिबार ०१:४५

ishwor
Pokhrelपूर्णप्रसाद न्यौपाने । चैत २०, ओखलढुंगा । नेकपा
(एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमतिको खाँचो
औँल्याउनुभएको छ । नेकपा एमाले ईलाका नं. २ ओखलढुंगाको अधिवेशनलाई ठुलाछापको निशंखेमा सम्बोधन गर्दै
पोखरेलले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्ने बताउनु भएको हो
। नेपाली काँग्रेसलाई पनि साथमा लिएर सहमतिको राष्ट्रिय सरकार निर्माणको पहल भइरहेको बताउँदै उहाँले
काँग्रेस सरकारमा नआए पनि विधिअनुसार नै वर्तमान सरकार चलिरहने बताउनुभयो ।

यसैविच अर्को एक फरक प्रशंगमा उहाँले आफ्नो जन्मभुमी ओखलढुंगाको विकासका लागि आफु सँधै
लागि रहने बताउनु भएको छ । आफु पार्टीको जिम्मेवारपदमा रहेकाले सबैठाँउको विकासमा ध्यान दिनुपर्ने भएपनि
ओखलढुंगाको विकासलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो । विहिबार नेकपा एमालेले पोखरेलको जन्मभुमि
माम्खामा नेता पोखरेलाई भव्य सम्मान समेत गरेको थियो । विसं २०१० साल माघ २२ गते ओखलढुंगाको माम्खा २,
रुपनालु गाउँमा बुबा शिवराज पोखरेल र आमा रामकुमारी पोखरेलका कोखबाट जन्मीनुभएका पोख्रेलले देश र
जनाताका हितमा गरेको योगदानको कदर गर्दै उहाँकै जन्मभुमीमा विषेश कार्यक्रमका बिच सम्मान गरिएको सांसद
हर्कबोल राईले बताउनुभयो । पार्टीले नेता पोख्रेललाई सम्मान गरेको र नेता पोख्रेलका हातबाट गाविस
भित्रका जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मानगरिएको सांसद राईले जानकारी दिनुभयो । सम्मानीत भएपछि नेता
पोख्रेलले ईमान्दार भएर नेपाल र नेपालीका हितमा काम गर्न थप उर्जा मिलेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सांसद यज्ञराज सुनुवारले अहिले सम्म सबैको ध्यान संविधान
निर्माणमा गएको भएपनि अब सबैको ध्यान विकास निर्माणमा केन्द्रित हुने बताउनुभयो । सांसद सुनुवारले
आफुहरुले अथक प्रयास गरेर विकासको गती बढाएको भन्दै जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्ने प्रयास
गरिरहेको बताउनुभयो । सांसद हर्कबोल राई र सकुन्तोला राजभण्डारीले पनि जनताको चाहाना र आवश्यकताका
आधारमा विकास र परिवर्तनका लागि आफुहरु चिन्तीत भएर लागि रहेको बताउनुभएको थियो ।

IMG_4400  Ishwor Pokhrel

यसैविच नेकपा एमाले ईलाका नं २ को पाँचौँ
अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट शुभाष कट््वालको अध्यक्षतामा ४९ सदस्य ईलाका कमिटि सर्व
सम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा हरिबहादुर घिमिरे,ससचिवमा सन्तोष घिमिरे,उपसचिवमा कमला मगर र
सल्लाहकार सभापतीमा लोकबहादुर घिमिरे चयन हुनुभएको नेकपा एमाले जिल्ला कमिटि सचिव शंकर कट्वालले जानकारी
दिनुभयो । उहाँका अनुुसार सम्पन्न अधिवेशनले ईलाका स्तरीय विकास निर्माण तथा शुसासन सम्बन्धी कार्ययोजना
समेत निर्माण गरेको छ ।

त्यस्तै विहिबार सम्पन्न नेकपा एमाले
माम्खाको तेस्रो गाँउ अधिवेशनबाट शुशिल कार्की अध्यक्ष, सुरविर तामाङ उपाध्यक्ष,धनबहादुर राई सचिव र
मिलन राई उप सचिव सहित ३७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु