२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बारेकोटको सबै वडामा हेलिप्याड निर्माण

१९ मंसिर २०७५, बुधबार ०८:४७

मङ्सिर १९, जाजरकोट | सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । 

समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ । गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण भइसकेकाले चाहेको समयमा हवाई मार्गबाट सेवा दिन सकिने भएको छ । 

जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट गाउँपालिका जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा रहेको छ । झाडापखाला, भाइरल ज्वरो, मौसमी फ्लु जस्ता रोग यही बारेकोट गाउँपालिकाबाट शुरु भएको थियो । अत्यन्तै चिसो र पाटन क्षेत्रबाट नजिक रहेको यो गाउँपालिका अन्य स्थानीय तह भन्दा फरक रहेको छ । 

औषधि, खाद्यान्न, अन्य दैनिक उपभोग्य सामग्री पठाउन यहाँका स्थानीय खच्चड, घोडा र स्थानीयवासी आफैले बोक्नुपर्ने अवस्था छ । टेलिफोनको राम्रो पहुँच भएको बारेकोट गाउँपालिकामा सहज रुपमा सेवा प्रवाह गर्नसमेत मुस्किल परेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । 

विभिन्न खालका समस्या हवाईमार्गबाट सहज रुपमाहल गर्नका लागि प्रत्येक वडामा हेलिप्याड निर्माण गरिएको शाहको भनाइ छ । यो भन्दा अगाडि विभिन्न समयमा रोग फैलिँदा औषधि आपूर्ति गर्नका लागि लिइएको हेलिकप्टर बस्ने ठाउँ नहुँदा समस्या भएको थियो । सडक सञ्जालसँग नजोडिएको यो गाउँपालिकामा जान र आउन मात्र सदरमुकामबाट दुई दिन भन्दा बढी लाग्ने गर्दछ । 

बिरामीलाई उपचारका लागि सदरमुकाममा ल्याउन वा देशका अन्य ठाउँमा लिनका लागि धेरै दिन लाग्ने भएकाले हवाई मार्ग प्रयोग गरी छिटो उपचारका लागि सहज हुने गाउँपालिकाले अपेक्षा लिएको छ । 

वर्षेनी खाद्यान्न अभाव हुने यो क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि पनि हवाई मार्गबाट सहज हुने गाउँपालिकाले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य