2026-07-24 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा दुई अमेरिकी विमान ठोक्किए, ६ जना बेपत्ता

मङ्सिर २०, काठमाडौं | जापानमा बिहिबार तेल भर्ने क्रममा दुई अमेरिकी विमान एक आपसमा ठोक्किएका छन् | डाकु विमानमा सवार ६ जना नौसैनिक वेपत्ता छन् । यसबारे अमेरिकी रक्षा अधिकारीले जानकारी दिएको हो ।

अधिकारीका अनुसार एफए–१८ हर्नेट जेट फाइटर र केसी–१३० हर्क्युलिस रिफ्युलिङ एयरक्राफ्ट हावामा ठोक्किएको हो । जापानको रक्षा मन्त्रालयका अनुसार दुई विमानमा सवार सात जनामध्ये एकजनाको उद्दार गरिएको छ ।

हराइरहेका नौसैनिकबारे पत्ता लगाउनका लागि अभियान जारी भएको बताइएको छ । यसका लागि डाक्टरले पनि क्रु–मेम्बर्सको मद्दत गरिरहेका छन् । जापानले पनि विमानको खोजीका लागि चार एयरक्राफ्ट र तीन जहाज पठाएको बताएको छ ।

जापानले जहाज पठाएकोमा अमेरिकाले धन्यवाद दिएको छ । अमेरिकी नौसेनाले बयान जारी गर्दै भन्यो, ‘दुबै जहाजले इवाकुनीस्थित मरिना कोर्प्स एयर स्टेशनबाट उडान भरेका थिए । यस्तो प्रकारको उडान नियमित तालिमको हिस्सा हो तर बिहिबार भने यस्तो दुर्घटना भयो । दुर्घटनाको अनुसन्धान जारी छ ।’

अमेरिकाले जापानमा ५० हजार सैनिक छन् र यो दुर्घटनालाई सामान्य भन्न नमिल्ने बताएको छ । नोभेम्बरमा अमेरिकी नेभी लडाकू विमान जापानको समुन्द्रमा दुर्घटनाग्रस्त भएको थियो । तर उक्त दुर्घटनामा दुई क्रु मेम्बर्सलाई बचाइएको थियो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक