2026-07-25 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्यामा आशालाग्दो मोड: रावलको डीएनए नेगेटिभ आए के हुन्छ ?

मङ्सिर २०, काठमाडौँ | चार महिनादेखि हरेक दिन चर्चाको बिषय बनेको निर्मला हत्या प्रकरणले बुधबारदेखि आशालाग्दो मोड लिएको छ । बुधबार काठमाडौँबाट सिआईबीले एक जनालाई पक्राउ गरेको मिडियामा आए पनि आधिकारिकता पुष्टि भएको छैन । प्रहरी स्रोतलेनै निर्मला हत्या प्रकरणमा संलग्न भएको बयान समेत दिईसकेको र डीएनए परिक्षणको लागि पठाइएको भन्ने सूचना लिक गरिसकेको अवस्थामा भित्रभित्रै प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन निकै मेहनत गरिरहेको छ भन्न सकिने आधारहरु जुटेका छन् । 

आजै अन्नपूर्ण पोष्ट अनलाइनले स्रोतलाई हवाला दिंदै निर्मला हत्या प्रकरणमा संलग्नता रहेको छिमेकी प्रदिप रावलले स्वीकार गरेको बिषयमा समाचार अपडेट गरेको छ । बिभिन्न समाचार अनुसार प्रहरीले हत्यामा संलग्नताको आशंकामा मंगलबार साँझ निर्मलाका छिमेकी प्रदीप रावललाई काठमाडौंबाट पक्राउ गरेको थियो । काठमाडौंमै राखेर रावलमाथि अनुसन्धान भइरहेको छ भने उनको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । 

समाचार अनुसार रावल अभियुक्त हुन् वा होइनन् भन्ने कुराको एकिन गर्न प्रहरीले रावलको डीएनए रिपोर्ट शुक्रबारसम्म कुर्दैछ । यस अघि पक्राउ गरिएकाहरुको रिपोर्टहरु नेगेटिभ आएको हुनाले प्रहरी आफै पनि आशंकित छ । प्रहरीले हत्याराको निकट पुगिसकेको दावी गरेको अवस्था र सुरक्षा निकायकै केहि व्यक्तिहरु समेत अनुसन्धानमा तानिने बताइएको अवस्थामा प्रहरीले पर्ख र हेरको अवस्थामा देखिन्छ । यदी रावलको डीएनए रिपोर्ट पोजेटिभ देखिए प्रहरीको लागि सबैभन्दा महत्वपूर्ण सफलता मिल्नेछ । 

बुधबार राति १० बजेदेखि राति २ बजेसम्म रावलको बयानको क्रममा उनले आफ्नो संलग्नता स्वीकार गरेको बताइदै गर्दा रावलको बयानलाई नै आधार मानेर थप अनुसन्धानमा रहेको बुझिएको छ । बयानकै आधारमा अन्यलाई पनि कन्चनपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याईएको बताइएको छ । प्रहरीले क-कसलाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ कुनै जानकारी दिएको छैन । रावलकै बयानलाई आधार मानेर प्रहरीले अरु संलग्न भएका भनिएकाहरुको पनि डीएनए परिक्षण गर्न सक्नेछ । 

प्रहरीले बुधबार पक्राउ गरेको प्रदिप रावलको पृष्ठभूमि आपराधिक प्रकृतिकै रहेको बुझिएको छ । घटनापछि रावल सम्पर्कमा थिएनन् । उनका आफन्तले भारतमा छन् भनेपनि उनि काठमाडौंमै पक्राउ पर्नुले पनि उनीमाथि थप आशंका गरिएको छ । त्यसो त नजिकैका छिमेकी ४ महिनासम्म बेपत्ता रहंदा पनि किन शंका वा अनुसन्धानको दायरा आएनन् भन्ने पनि प्रश्न उठेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक