२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका गाविस सचिवहरु पुननिर्माण अभियानमा सहभागी नहुने

२०७२, २३ चैत्र मंगलवार १३:४८

पूर्णप्रसाद न्यौपाने/
चैत २३, ओखलढुंगा । 
ओखलढुंगाका गाविस सचिवहरुले भूकम्पपछिको पुनःनिर्माण अभियानमा सहभागी नहुने
बताएका छन् । पुननिर्माण अभियान जिल्लामा सुरु भईसकेको भएपनि पुनःनिमार्ण सम्बन्धी कुनैपनि गतिबिधिमा
सहभागी नहुने भन्दै गाविस सचिवहरुले आन्दोलन सुरु गरेका छन् । सरकारले पुनःनिर्माण अभियानमा खटिने अरु
कर्मचारीलाई सतप्रतिशत भत्ता दिने र गाविस सचिवहरुलाई जिम्मेवारी मात्रै थपीदिने भनेर गरेको विभेदकारी
निर्णयका कारण पुनःनिमार्ण सम्बन्धी कुनैपनि गतिविधिमा सहयोग नगर्ने भन्दै सचिवहरु आन्दोलनमा उत्रिएका
हुन् ।

प्राधिकरणका विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठको उपथितीमा
आज भएको सर्वपक्षीय सर्वदलीय छलफल कार्यक्रममा गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रिय सदस्य तथा
जिल्ला अध्यक्ष ईश्वर ढुंगानाले एक गाविस, एक सचिवको ब्यवस्था गर्न समेत माग गर्नुभयो । उहाँले न्यूनतम
कार्य सम्पादन मापन मूल्याङकनमा सहभागी नहुने र पुननिमार्ण कार्यमा असहयोग गर्ने चेतावनी दिँदै
सचिवहरुले यसअघि बहन गर्दै आएको दुइ गाविसको जिम्मेवारी अब सम्हाल्न नसक्ने बताउनुभयो ।

दुई या त्यसभन्दा बढी गाविसको काम जिम्मा लिँदा अनावश्यक बोझ थपिएको र
सरकारसँगको सम्झौता कार्यान्वयन गरिनुपर्ने माग राख्दै आफूहरु आन्दोलनमा होमिनुपरेको गाविस सचिव हकहित
संरक्षण केन्द्र ओखलढुंगाले जनाएको छ । ओखलढुंगाका गाविस सचिवहरुले आउँदो वैशाख १४ गतेसम्म आफ्ना माग
पूरा नभए गाविस अध्यक्षको समेत जिम्मेवारी त्याग्ने चेतावनी दिएका छन् ।

यसैविच प्राधिकरणका विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठले भने सचिवहरुको माग सम्बोधन गर्ने भन्दै
पुननर्माणको काममा सहयोग गर्न गाविस सचिवहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु