३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका गाविस सचिवहरु पुननिर्माण अभियानमा सहभागी नहुने

२३ चैत्र २०७२, मंगलवार १३:४८

पूर्णप्रसाद न्यौपाने/
चैत २३, ओखलढुंगा । 
ओखलढुंगाका गाविस सचिवहरुले भूकम्पपछिको पुनःनिर्माण अभियानमा सहभागी नहुने
बताएका छन् । पुननिर्माण अभियान जिल्लामा सुरु भईसकेको भएपनि पुनःनिमार्ण सम्बन्धी कुनैपनि गतिबिधिमा
सहभागी नहुने भन्दै गाविस सचिवहरुले आन्दोलन सुरु गरेका छन् । सरकारले पुनःनिर्माण अभियानमा खटिने अरु
कर्मचारीलाई सतप्रतिशत भत्ता दिने र गाविस सचिवहरुलाई जिम्मेवारी मात्रै थपीदिने भनेर गरेको विभेदकारी
निर्णयका कारण पुनःनिमार्ण सम्बन्धी कुनैपनि गतिविधिमा सहयोग नगर्ने भन्दै सचिवहरु आन्दोलनमा उत्रिएका
हुन् ।

प्राधिकरणका विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठको उपथितीमा
आज भएको सर्वपक्षीय सर्वदलीय छलफल कार्यक्रममा गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रिय सदस्य तथा
जिल्ला अध्यक्ष ईश्वर ढुंगानाले एक गाविस, एक सचिवको ब्यवस्था गर्न समेत माग गर्नुभयो । उहाँले न्यूनतम
कार्य सम्पादन मापन मूल्याङकनमा सहभागी नहुने र पुननिमार्ण कार्यमा असहयोग गर्ने चेतावनी दिँदै
सचिवहरुले यसअघि बहन गर्दै आएको दुइ गाविसको जिम्मेवारी अब सम्हाल्न नसक्ने बताउनुभयो ।

दुई या त्यसभन्दा बढी गाविसको काम जिम्मा लिँदा अनावश्यक बोझ थपिएको र
सरकारसँगको सम्झौता कार्यान्वयन गरिनुपर्ने माग राख्दै आफूहरु आन्दोलनमा होमिनुपरेको गाविस सचिव हकहित
संरक्षण केन्द्र ओखलढुंगाले जनाएको छ । ओखलढुंगाका गाविस सचिवहरुले आउँदो वैशाख १४ गतेसम्म आफ्ना माग
पूरा नभए गाविस अध्यक्षको समेत जिम्मेवारी त्याग्ने चेतावनी दिएका छन् ।

यसैविच प्राधिकरणका विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठले भने सचिवहरुको माग सम्बोधन गर्ने भन्दै
पुननर्माणको काममा सहयोग गर्न गाविस सचिवहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ