2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवजात शिशुको हत्या गरि फाल्दै गरेको अवस्थामा आमा पक्राउ

मंसिर २४, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकामा नवजात शिशुको हत्या गरि फाल्दै गरेको अवस्थामा आमा पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ मयमकी ३७ वर्षकी फूलमाया राई रहेकी छन् । एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशुलाई जन्मदिएपछि हत्या गरेर फाल्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । उनको श्रीमानको केही वर्ष अघि नै निधन भैसकेको छ ।

फूलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गई राईलाई नियन्त्रणमा लिएका थिए ।

शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई