पुस २, काठमाडौं | सोमबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ | आइतबार प्रतितोला ५९ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य घटेर प्रतितोला ५९ हजार ३ सयमा कारोबार भइरहेको छ |
त्यस्तै आइतबार प्रतितोला ५९ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ५९ हजारमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला ७ सय २५ मा कारोबार भइरहेको छ |