२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

गरीबीका कारण सानै उमेरमा विवाह

२ पुष २०७५, सोमबार ०९:११

हेमन्त केसी | पुस २, जाजरकोट | पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ । 

उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्दै बिहे हुने गरेको छ । विभिन्न आर्थिक प्रलोभनमा परेर, कम उमेरमा बिहे गर्नेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । 

आर्थिक अवस्था कमजोर भएका परिवारका छोरी धनीसँग बिहे गरेमा राम्रो लगाउने, मीठो खाने भ्रमका कारण छिटो बिहे हुने गरेको छ । कम उमेरका छात्रा र छात्र देखासिकी गरेर लहलहैमा बिहे हुने गरेको पनि पाइएको छ । 

अभिभावकको उक्सावट, सानै उमेरमा नाति, नतिना देख्ने सोचका कारण अधिकांशको सानै उमेरमा बिहे हुने गरेको छ । गैरदलित भन्दा दलित समुदायका छात्रछात्रा सानै उमेरमा बिहे गर्ने गरेको शिक्षक बताउँछन् । विद्यालयमा कक्षा छोड्नेको सङ्ख्या दलित समुदायकै रहेको पाइन्छ । स्थानीय सरकार, विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने सङ्घ, संस्थाले बालविवाह न्यूनीकरणका लागि अभियान चलाए पनि दुरदराजको भू–भागमा सानै उमेरमा बिहे गर्नेको सङ्ख्या अत्यधिक रहेको छ । 

जिल्लामा बिहे गर्ने उमेरका अधिकांश किशोरीहरु आमा बनेका छन् । ग्रामीण क्षेत्रमा सञ्चार माध्यमको पहुँच नहुनु र आमा, बाबाले छिटो नातिनातिना भएको देख्ने चाहनाले गर्दा बालविवाहको क्रम रोकिएको छैन । खासगरी बालिकालाई रजस्वला हुनुअघि नै बिहे गरिदिनु पर्छ भन्ने मान्यता पनि कतिपय समुदायमा रहेको छ । 

बिहेपछि पढाइ र आमा, बच्चाको अवस्था कमजोर भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । विद्यालयमा पढ्दापढ्दै बिहे गर्दा अधिकांशले पढाइ छाडेर घर सम्हालेर बसेका छन् । केहीले सानै उमेरमा बिहे भएकामा पछि पछुतो मान्ने गरेको पनि शाह बताउनुहुन्छ । विद्यालयमा पढ्दापढ्दै धेरैजसो छात्रछात्राको विवाह हुने गरेकाले उनीहरुले पढाइलाई निरन्तरता दिन नसकेको सेफ द चिल्डे«नका मनोज सुनुवारले जानकारी दिनुभयो । 

कम उमेरमा विवाह गरेर उमेर नपुग्दै आमा बन्दा मानसिक, शारीरिक असर पर्नुका साथै बिहे गर्ने उमेरमा सम्बन्ध विच्छेद हुने घटना बढेको छ । जिल्ला अदालतको एक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा दर्ता भएको ५१ वटा सम्बन्ध विच्छेदका मुद्दामा ४१ जोडीको उमेर ३० वर्ष मुनि रहेको छ । यी सबै सम्बन्ध विच्छेद गर्ने जोडीको विवाह १९ वर्ष नपुग्दै भएको थियो । मुलुकी देवानी तथा फौजदारी संहितामा २० वर्ष नपुग्दै विवाह गरेको पाइए बालविवाह ठहर हुने उल्लेख छ । 

बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ६७ हजार ३३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै ४९ हजार ८६२ अर्थात ७४ प्रतिशतले विवाह गर्ने गरेका छन् । प्रतिवेदन अनुसार १६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेको उल्लेख छ । १० देखि १४ वर्षसम्मका पाँच हजार ६६८ जनाले बालविवाह गरेका छन् । 

त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकको तुलनामा बालिकाको सङ्ख्या धेरै रहेको छ । बालविवाह गरेकामध्ये ६२ दशमलब ८७ प्रतिशत बालिका र ३७ दशमलब १३ प्रतिशत बालक रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य