२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बैतडीमा दार्चुला र बैतडी हेर्नेगरी स्वास्थ्य कार्यालय स्थापना

५ पुष २०७५, बिहीबार ०३:४१

कृष्ण बिष्ट | पुस ५, बैतडी | बैतडी र दार्चुला कार्यक्षेत्र रहने गरी बैतडीमा सामाजिक बिकास मन्त्रालय अन्र्तगत प्रदेश सरकार मातहतामा रहने गरी स्वास्थ्य कार्यालय बैतडीको स्थापना गरिएको छ । कार्यलयको आज सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले उद्धघाटन गर्नु भएको हो । बैतडीमा स्थापना भएको स्वास्थ्य कार्यलयले दार्चुला र बैतडीको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यालयका प्रमुख निशा जोशीले जानकारी दिनुभयो । 

उद्घाटनका कार्यक्रमका  प्रमुख अतिथि एवमं सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदीले बैतडी जिल्लामा स्थापना गरीएको स्वास्थ्य कार्यालयले समन्वयकारी भुमिका निर्बाह गर्ने बताउनुभयो । सुदुरश्चिम प्रदेश सम्रग स्वास्थ्य क्षेत्रका कमजोर रहेको उल्लेख गर्दै उहाले स्वास्थ्य क्षेत्रका जिम्मेवार ब्याक्ती तथा संस्थानले कटीबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि एबंम प्रदेश सासंद प्रेम प्रकाश भट्टले कुनै बेला देशकै छैटौ नम्बरमा पर्न सफल स्वास्थ्य चौकीको रुपमा रहेको जिल्ला स्वास्थ्य कार्यालय अहिले कर्मचारी अभावले गर्दा अस्तब्यस्त भएको बताउनुभयो । देश सघिंयतामा गए पछि पहाडी जिल्लामा कर्मचारी आउन नमान्ने भएकोले अहिले यो अबस्था आएको पनि उहाको भनाई छ । 

यस्तै सामाजिक बिकास मन्त्रालयबाट बैतडी जिल्लामा मात्रै स्वास्थ्य क्षेत्रमा रु १६ करोड भन्दा बढी बजेट आएको सासंद लिलाधर भट्टले बताउनुभयो । जसमध्ये जिल्ला अस्पताललाई ब्यस्थित र नमुना अस्ताल बनाउनको लागी रु ५० लाख , जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाको लागी रु ३० लाख, दशरथचन्द नगरपालिकाको स्वास्थ्य सुधारका लागी रु १८ लाख लगायत प्रत्येक स्थानिय तहहरुमा १२ देखि १८ लाखका दरले सामाजिक बिकास मन्त्रालयबाट बिनियोजन गरिएको उहाको भनाई छ । 


कार्यक्रममा स्वास्थ्य कार्यालयकी प्रमुख निशा जोशीले सम्रगमा बैतडी जिल्लाको स्वास्थ्य अबस्थाको जानकारी गराउनु भएको थियो । जस अनुसार बैतडीमा ६५ बर्थिङ सेन्टर, ६१ ओटा सुरुक्षित प्रसुती केन्द्र , परिवार नियोजनको आधुनिक साधनहरु बितरण गर्ने स्वास्थ्य सस्ंथाहरु २७ ओटा रहेको बताउनु भयो । बैतडी जिल्लामा अहिले एचआईभि पोजेटिभ २०७ जना रहेको मध्ये १११ जनाले मात्रै एआरटी सेवा लिईरहेको उल्लेख गर्नु भयो ।

जिल्ला समन्वय समिति बैतडीका सभापति शिद्धराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय तहका प्रमुख तथा प्रतिनिध, बिभिन्न कार्यलयका कार्यलय प्रमुख, बिभिन्न राजनैतिक दल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला