2026-07-24 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्रोत नखुलेको नेपाली रुपैयाँ र चिनियाँ युआनसहित दुई पक्राउ

पुस ६, काठमाडौँ | काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसालबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार तथा चार हजार ३०० चिनियाँ युआनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छिरिङ दोर्जे र चिनियाँ नागरिक ४२ वर्षीय पञ्चाउडी रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति जाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । 

छिरिङ दोर्जेले चलाएको बा६४प ११०९ नंको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिकीभित्र अन्दाजी डेढ किलो सुनजस्तो पहेँलो धातुको बुद्धको मूर्ती एक थान तथा स्कुटरमा सवार चिनीया नागरिक पञ्चाउडीले बोकेको झोलामा युआन र नेपाली रुपैयाँ फेला पारिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यता धारिलो हतियार प्रहार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२३ ओमबहाल बस्ने २६ वर्षीय दीपेश लम्साललाई प्रहरीले पक्राउ गरेको छ । लम्सालमाथि काठमाडौँ महानगरपालिका–२१ ढुङ्गेधारा बस्ने २७ वर्षीय रामकृष्ण मानन्धरलाई बिहीबार धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोप छ । 

यसैबीच काठमाडौँ महानगरपालिका २९ घट्टेकुलो डेरा गरी बस्ने इलाम देउमाई नगरपालिका–४ का ३२ वर्षीय सविन भट्टराईको कोठाबाट बिहीबार सुनका विभिन्न गरगहना, ल्यापटप एक थान र रु २२ हजारसहित करीब रु एक लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

लागुऔषधसहित चार पक्राउ 

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज बिहान प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का २० वर्षीय किरण ऐरलाई अवैध लागुऔषध चरेश ५० ग्राम तथा नियन्त्रित लागुऔषध नाइट्रोभेट १२२ एम्पुल, स्पास १६ पिस र डाइलेस दुई बोतलसहित बिहान प्रहरीले पक्राउ गरेको हो । 

कैलालीबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४५९ नंको बस जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त लागुऔषधसहित ऐरलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडाँैले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक