२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बर्थिङ सेन्टर’मा प्रसूति गराए पुरस्कार

२०७५, ८ पुष आईतवार ०९:११

 पुस ८, दार्चुला  (रासस) |  ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ । 

धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउन आकर्षण बढोस् भन्ने उद्देश्यले गाउँपालिकाको रु दश लाख सहयोगमा नयाँ निर्माण गरिएको उक्त सेन्टरमा पहिलो पटक आउनेलाई रु पाँच हजार, दोस्रो पटक आउनेलाई रु तीन हजार र तेस्रो पटक आउनेलाई रु दुई हजार पुरस्कार दिइने निर्णय भएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिनुभयो । 

बर्थिङ सेन्टरमा आएर बच्चा जन्माउन प्रोत्साहन गराउन गाउँपालिकाले यो रकम दिने निर्णय गरेको हो । नयाँ ठाउँको ‘बर्थिङ सेन्टर’मा गर्भवती महिला सजिलै आउन भनेर पुरस्कारको व्यवस्था गरिएको स्वास्थ्यचौकीका प्रमुख ओमप्रकाश पन्तको भनाइ थियो । उक्त सेन्टरमा प्रसूतिका लागि गर्भवतीलाई ल्याउने स्वास्थ्य स्वयंसेविकालाई समेत गाउँपालिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गरेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । 

यसैगरी पहिलो पटक प्रसूतिका लागि उक्त सेन्टरसम्म ल्याउने स्वयंसेविकालाई गाउँपालिकाले रु एक हजार, दोस्रो पटकका लागि रु सात सय र तेस्रो पटकका लागि रु पाँच सय प्रोत्साहन भत्ता दिइने भएको छ ।यस्तै आमा समूलाईसमेत प्रोत्साहन रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पहिलो पटक प्रसूतिका लागि बर्थिङ सेन्टरमा ल्याउने आमा समूहलाई पनि महिला स्वास्थ्य स्वयंसेविकाकै सरह गाउँपालिकाले भत्ता उपलब्ध गराउने छ । 

यसअघि बर्थिङ सेन्टर नहुँदा धौलाकोटका गर्भवती महिला सुनसेरा, हुती र खलङ्गास्थित जिल्ला अस्पताल आउनुपर्ने बाध्यता थियो । पहिलो पटक गाउँमै प्रोत्साहन रकमसहित बर्थिङ सेन्टर स्थापना भएपछि अहिले नियमित गर्भवती जाँचका लागि महिला आउन थालेको बर्थिङ सेन्टरका अनमी कमला कठायतले बताउनुभयो । 

वडाभर हाल ४५ गर्भवती महिला छन् भने पुसभित्र सुत्केरी हुने महिलाको सङ्ख्या पाँच पुगेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी