2026-08-30 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अग्नी पीडितका घर सरकारले बनाउने

पुष १४, सुर्खेत । कर्णाली प्रदेश सरकारले कालीकोटको पलाता गाँउपालिका–१ न्यौपाने खाडाका आगलागी पीडितका घर बनाइदिने भएको छ । पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रतिघरपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सरकारले पीडित परिवारको पुनस्र्थापनाका लागि अग्निपीडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने भएको हो ।

आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने समेत निर्णय गरेको सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन् । मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव बमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरुको मनोनयन गर्ने निर्णय गरेको छ । प्रदेशस्थित प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा वीरेन्द्रनगर नगरपालिका–४ का श्यामलाल कँडेल, सदस्यमा वीरेन्द्रनगरकी हरिमाया शर्मा, जिल्ला अस्पताल सल्यानको अध्यक्षमा शारदा नगरपालिका–७ का दामोदर गौतम, जिल्ला अस्पताल मुगुको अध्यक्षमा छायानाथ नगरपालिका–१ का पारसमणि मल्ललाई नियुक्त गरेको छ ।

यस्तै, जिल्ला अस्पताल डोल्पाको अध्यक्षमा ठूलोभेरी नगरपालिका–१ तेजेन्द्रबहादुर रोकाय, जिल्ला अस्पताल हुम्लाका अध्यक्षमा नाम्खा गाँउपालिका–४ का छेपाल दोर्जे लामा तामाङ, जिल्ला अस्पताल कालीकोटको अध्यक्षमा खाडाचक्र नगरपालिका–२ का सरोज बोगटी, जिल्ला अस्पताल दैलेखको अध्यक्षमा नारायण नगरपालिका–१० का लोमन शर्मा, जिल्ला अस्पताल जाजरकोटको अध्यक्षमा छेडागाड नगरपालिका–१३ की धर्मशीला वस्नेत, जिल्ला अस्पताल रुकुमको अध्यक्षमा त्रिवेणी नगरपालिका–१ का सुन्दर वलीलाई नियुक्त गरिएको छ । जिल्ला अस्पताल मेहलकुना सुर्खेतको अध्यक्षमा गुर्भाकोट नगरपालिका–१० का मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालय सुर्खेतको अध्यक्षमा वीरेन्द्रनगर नगरपालिका–४ का ओमबहादुर वोहरार र जुम्ला आयुर्वेद औषधालय, जुम्लाको अध्यक्षमा चन्दननाथ नगरपालिका–५ का मनोज बुढाथोकी मगरलाई नियुक्त गरिएको सरकारका प्रवक्ता केसीले जानकारी दिइन् । अन्तरप्रदेश समन्वय परिषदको २०७५ पुष ३ मा बैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने