२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्ग खानेपानीका उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान

१२ चैत्र २०७२, शुक्रबार ११:४७

सन्तोषकुमार गुप्ता, चैत्र १२, भालुवाङ्ग । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको चैत १५ गते हुने निर्वाचन अन्र्तगत उम्मेद्धारलाई शुक्रबार चुनाव चिन्ह प्रदान गरिएको छ । प्रकाशित निर्वाचन तालिका अनुसार नयाँ नेतृत्वका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त उपभोक्ता प्यानल र अध्यक्ष टोपबहादुर कार्कीको संयुक्त बामपन्थी प्यानल चुनावी मैदानमा रहेको निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिए ।

khane pani
यसैबीच शुक्रबार ती दुबै प्यानलका उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान संगै चुनावी प्रचार प्रसारमा लागेका छन् । जस अनुसार नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको सयुक्त उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्गलाई माछा, उपाध्यक्ष प्रकाश बस्नेतलाई हाँस, सचिव बाबुराम थापालाई हात्ती र कोषाध्यक्ष चन्द्रप्रकाश आचार्यलाई छाता चुनाव चिन्ह प्रदान गरेको छ । त्यस्तै महिला सदस्यहरु हुमीकुमारी राना भाले, शारदाकुमारी केसी घर , ऋषिराम बस्नेत ग्रागी, किशोरकुमार जिसी केरा, नेत्रप्रसाद बेल्बासे लालमटिन, रामलाल कालाथोकी कुर्सी र आत्माराम पोख्रेल हवाईजहाज चुनाव चिन्ह प्रदान गरेको निर्वाचन समितीले जनाएको छ ।

त्यस्तै एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लब माओवादी रहेको संयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीलाई माछा, उपाध्यक्ष गिरबहादुर घर्तीलाई मादल, सचिव मञ्जुर मियाँलाई साईकल र कोषाध्यक्ष अनन्तराज पौडेललाई चश्मा चुनाव चिन्ह प्रदान गरेको छ । त्यस्तै महिला सदस्य कमला तामाङ्ग साँचो, मिनाकुमारी जैसी कार, सदस्यहरु प्रेमप्रसाद सुवेदी बाघ, भिमलाल न्यौपाने कैची, ऋषिराम पौडेल घडी, गंगा गिरी मग र बिमल शर्मा ज्ञवाली दियो चुवाव चिन्ह प्रदान गरेको निर्वाचन समितीका संयोजक कुमालले ले जानकारी दिए ।

यता नयाँ कार्य समितीका लागि दिएका उम्मेद्धार मध्ये तीन जनाले शुक्रबार आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् । बामताल मेलामा नेकपा एमाले पनि सहभागी भए पछि निर्वाचन तालिक अनुसार संयुक्त बामपन्थी प्यानलका कोषाध्यक्ष नारायणप्रसाद शर्मा र सदस्य अमृता पुनमगर आफ्नो उम्मेद्धारी फिर्ता लिएका हुन् । त्यस्तै एक जना कोषाध्यक्ष पदका स्वतन्त्रण उम्मेद्धार केशवप्रसाद बोहारा पनि आफ्नो उम्मेद्धारी फिर्ता लिएको निर्वाचन समितीले जनाएको छ । बिहिबार नेकपा एमालेबाट कोषाध्यक्ष पदका लागि अनन्तराज पौडेल र सदस्य पदका लागि बिमल शर्माले उम्मेद्धारी दर्ता गराएका थिए ।

यता उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान संगै भालुवाङ्गमा चुनावी चहलपहल बढ्नुका साथै दुबै प्यानलका उम्मेद्धारहरु चुनावी प्रचार—प्रसारमा लागेका छन् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा हाल सम्म कुल उपभोक्ता घरधुरी मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीको कार्यालयले जनाएको छ । निर्वाचन चैत १५ गते बिहान ८बजे देखि साँझा ५ बजे सम्म मतदान र मतदान पछि मतगणा शुरु गर्ने तथा सोही दिन नै मतपरिणाम संगै बिजय उम्मेद्धार घोषणा गरिने निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो