२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा एक वर्षको अवधिमा १५४ बालबालिकामा कुपोषणको समस्या

२०७५, १७ पुष मंगलवार ०३:३५

पुष १७, बागलुङ (रासस) | बाग्लुङमा एक वर्षको अवधिमा १५४ बालबालिकामा कुपोषणको समस्या देखापरेको छ । उमेरअनुसार तौल नभएका, खान नपाएका र खानाको मात्रा नमिलेका कारण बालबालिकामा कुपोषणको समस्या देखापरेको हो । सुआहारा कार्यक्रमले तयार गरको तथ्याङ्कअनुसार कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या अत्यधिक छ । 

कुपोषण समस्या देखापरेका सबै बालबालिकालाई जिल्ला सदरमुकाममा रहेको धौलागिरि अञ्चल अस्पतालको पोषणगृहमा राखेर उपचार गराइएको छ । स्वास्थ्य कार्यालय र सुआहारा कार्यक्रममार्फत आमा र स्वास्थ्यको सुधारमा तोकिएका सूचक राखेर अनुसन्धान गर्दा कुपोषणको समस्या देखापरेको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर रेशम नेपालीले बताउनुभयो । उपचार गरेका मध्ये बागलुङ नगरपालिकामा नौ जना जोखिमका परेको देखिएको कार्यक्रमका जिल्ला संयोजक चिरञ्जीवी दाहालले बताउनुभयो । 

त्यस्तै गलकोट र ढोरपाटन नगरपालिकामा तीन÷तीन, जैमिनी नगरपालिकामा दुई, निसीखोला गाउँपालिकामा छ, तमानखोलामा तीन र बडिगाड गाउँपालिकामा दुई जना कुपोषित छन् । गर्भदेखि जन्मेको दुइ वर्षसम्म आमा र शिशुको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्ने तथा आमाले पोषणयुक्त खाना खाएमा मात्र कुपोषणबाट बचाउन सकिने स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले सुझाव दिनुभयो । “तौल र उचाइको अनुपात नमिलेको र पौष्टिक आहारा नपाए बालबालिका कुपोषित भएर मर्नेसम्मको खतरा हुन्छ”, तिवारीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना