२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यातायात कार्यालय भालुवाङमा आठ महिनामै ९५ लाख बढी राजश्व संकलन

२५ चैत्र २०७२, बिहीबार १०:५२

सन्तोषकुमार गुप्ता, चैत २५, भालुवाङ्ग । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गले आठ महिनाको अवधिमा ९५ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले २०७२ साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट ९५ लाख ३८ हजार १ सय ७ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

tax

 

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा सवारी साधन करबाट ८५ लाख ९७ हजार ५ सय ७, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३ लाख ६० हजार १ सय १३ र रुट नबिकरणबाट ५ लाख ८० हजार ४ सय ८७ रुपैयाँ संकलन भएको जानकारी दिए ।

जस अनुसार साउन महिनामा सवारी साधन करबाट ८१ हजार ३ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट १३ हजार २ सय ९२ र रुट नबिकरणबाट ५३ हजार ८ सय ३७ रुपैयाँ गरी कुल १ लाख ४८ हजार ४ सय २९ रुपैयाँ, भदौ महिनामा सवारी साधन करबाट ३ लाख ८९ हजार ५ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३४ हजार ७ सय ५९ र रुट नबिकरणबाट ३९ हजार १ सय ४४ रुपैयाँ गरी कुल ४ लाख ६३ हजार ४ सय ३ रुपैयाँ र असोज महिनामा सवारी साधन करबाट १३ लाख ४१ हजार ५ सय ४०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७६ हजार २० र रुट नबिकरणबाट ६७ हजार ५ सय २४ रुपैयाँ गरी कुल १४ लाख ८५ हजार ८४ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेत जानकारी दिए ।

त्यसैगरी कात्र्तिक महिनामा सवारी साधन करबाट ९ लाख २६ हजार २ सय ५६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३१ हजार ८ सय ५० र रुट नबिकरणबाट ४७ हजार ५ सय ४७ रुपैयाँ गरी कुल १० लाख ५ हजार ६ सय ५० रुपैयाँ, मंसिर महिनामा सवारी साधन करबाट १३ लाख ६४ हजार ९ सय २०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार ७ सय ९२ र रुट नबिकरणबाट ७० हजार ३ सय २ रुपैयाँ गरी कुल १४ लाख ८२ हजार १४ रुपैयाँ र पुस महिनामा सवारी साधन करबाट १६ लाख ६३ हजार २६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५९ हजार ३ सय ७२ र रुट नबिकरणबाट ९४ हजार ५ सय ९४ रुपैयाँ गरी कुल १८ लाख १६ हजार ९ सय ९२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेत जानकारी दिए ।

त्यसैगरी माघ महिनामा सवारी साधन करबाट १३ लाख ९७ हजार १ सय ५५, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार २ सय ३० र रुट नबिकरणबाट ९९ हजार ३ सय ४ रुपैयाँ गरी कुल १५ लाख २२ हजार ६ सय ८९ रुपैयाँ र फागुन महिनामा सवारी साधन करबाट १४ लाख ३३ हजार ७ सय ३०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५३ हजार १ सय ७० र रुट नबिकरणबाट १ लाख ६ हजार ९ सय ४४ रुपैयाँ गरी कुल १५ लाख ९३ हजार ८ सय ४४ रुपैयाँ राजश्व संकलन भएको बस्नेतले जानकारी दिए ।

आठ महिनाको अबधिमा सबै भन्दा बढी मंसिर महिनामा राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसैगरी आठ महिनाकै अबधिमा सवारी साधन जाँजपास तथा रुट नबिकरण अन्र्तगत बस २ सय ३६ जाँचपास तथा ३ सय ६६ रुट नबिकरण, मिनिबस ६३ जाँचपास तथा ६६ रुट वबिकरण, ट्रक १ सय २ जाँचपास तथा ३१ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी ट्याङ्कर १ जाँचपास र मिनिट्रक ७ जाँचपास तथा ६ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गमा अधिराज्य भरिका सवारी साधन यातायात निमावली अनुसार ६/६ महिनामा सवारी जाँचपास गरिने प्राबधान रहेको र रुट नबिकरण राप्ती अञ्चल भरिका सवारी साधनको ४/४ महिनामा गर्ने प्राबधान रहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । २०७२ साउन देखि भालुवाङ्गमा कार्यालय सञ्चालन आए देखि दैनिक सरदर २५—३० जना सेवा ग्राहीहरु आउने गरेकोृ कार्यालयले जनाएको छ ।

कार्यालयमा सवारी नबिकरण जाँचपासका लागि देशका विभिन्न स्थानबाट समेत सेवा लिन आउने गरेको कार्यालयले जनाएको । साथै सेवा ग्राहीहरुलाई छिटो छरिटो सहज रुपमा सेवा प्रदान गरिरहेको समेत कार्यालयले दाबी गरेको छ । पूर्व पश्चिम राजमार्गको भालुवाङ्गमै यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन आए संगै हजारौँ यातायात व्यवसायहरु प्रतयक्ष लाभन्दित तथा हर्षित समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…