२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शनिबार हुने टी -१२ नकआउट क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी

२६ चैत्र २०७२, शुक्रबार ११:५८

सन्तोषकुमार गुप्ता, चैत्र २६, भालुवाङ्ग । भालुुवाङ्गमा चैत २७ गते शनिबार देखि सञ्चालन हुन लागेको न्यू ईएर टफी टी-१२ नकाउट क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक संयुक्त मुस्लिम युवा क्लब भालुवाङ्गले शुक्रबार भालुवाङ्गमा पत्रकार सम्मेलन क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो

नयाँ बर्ष २०७३ सालको अवसरमा प्रत्येक बर्ष झै यस बर्ष पनि देश व्यापी खुल्ला न्यू ईएर टफी टी-१२ नकाउट क्रिकेट प्रतियोगिताका आयोजना गर्न लागेको क्लबका अध्यक्ष मोहम्मद हासेनले जानकारी दिए । राप्ती अञ्चलको प्रवेशद्धार समेत रहेको भालुवाङ्ग ठाउँ पहिचान राष्ट्रिय स्तर सम्म पु¥याउन तथा क्रिकेट खेलको माध्यमबाटै सक्षम क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक बर्ष झै यस बर्ष पनि क्लबको बार्षक कार्ययोजना अनुरुप क्रिकेट प्रतियोगिताका आयोजना गर्न लागेको क्लबका अध्यक्ष हासेनले बताए ।

बैशाख २ गते सम्म सञ्चालन हुने क्रिकेट प्रतियोगितामा दाङ्ग सहित बाँके, कपिलबस्तु, प्यूठान र अर्घाखाँचीबाट गरी १६ वटा टिमले नाम दर्ता गराईसकेको अध्यक्ष हासेनले जानकारी दिए । प्रतियोगितामा प्रथमलाई नगद २२ हजार २ सय २२ र दोस्रोलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण—पत्र र अन्य पुरुस्कार समेत प्रदान गरिने प्रत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

बिहान ८ बजे उद्घाटन गरिने प्रतियोगितालाई भव्य तथा सभ्य बनाउन पत्रचार, सुरक्षा व्यवस्थापन, खेलमैदानको तयारी, स्वम्सेवक व्यवस्थापन लगायत आन्तरिक सम्पूर्ण तयारी पुरा भएको क्लबले जनाएको छ । प्रतियोगितामा प्रत्येक दिन चार वटा समूह बीच प्रतियोगिता गराईने क्लबले जनाएको छ ।

यसैबीच शनिबार हुने क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपस्थीत भई दिन स्थानिय राजनितिक दल, स्थानिय संघसंस्था, सम्बन्धि सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलप्रेमी सबैमा अनुरोध समेत गरेको छ । प्रतियोगिता नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गको खेल मैदानमा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…