२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा न्यू ईएर टफी टी—ज्ञद्द नकाउट क्रिकेट शुरु

२०७२, २७ चैत्र शनिबार ११:१६

cricket dangसन्तोषकुमार गुप्ता/चैत २७, भालुवाङ् । भालुवाङ्गमा आईतबार देखि न्यू ईएर टफी टी—ज्ञद्द नकाउट क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

आयोजक संयुक्त मुस्लिम युवा क्लव भालुवाङ्गले आफ्नो दोस्रो बार्षिक उत्सव तथा नब बर्ष २०७३ सालको अवसरमा आयोजित न्यू ईएर टफी टी—ज्ञद्द नकाउट क्रिकेट प्रतियोगिताको भालुवाङ्गमा एक कार्यक्रमको उद्घाटन गरिएको छ ।

राप्ती अञ्चलको प्रवेशद्धार समेत रहेको भालुवाङ्ग ठाउँको पहिचान राष्ट्रिय स्तर सम्म पु¥याउन तथा क्रिकेट खेलको माध्यमबाटै सक्षम क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक बर्ष झै यस बर्ष पनि क्लबको बार्षक कार्ययोजना अनुरुप क्रिकेट प्रतियोगिताका आयोजना आयोजना गरिएको हो ।

क्लबका अध्यक्ष हासेनको अध्यक्षता एवम् शसस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गका गणपति मानबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष हस्तबहादुर गुरुङ्गको बिशिष्ट आतिथ्यमा प्रतियोगिता उद्घाटन गरिएको हो ।

cricket bhalubang

क्लबका बरिष्ठ सललाहकार तथा सञ्चारकर्मी जमिर शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुदको विकासबाट मात्र सक्षम खेलाडी उत्पादन गर्न सकिने बताएका थिए । उनीहरुले उत्पादित खेलाडीहरुको सिप विकास गर्न तथा क्रिकेट जस्ता खेलबाटै अन्तराष्ट्रिय क्षेत्रमा छुट्टै पहिचान बनाउन राज्यले खेलकुदको विकासका लागि खेलमैत्री कार्यक्रम ल्याउनु पर्ने बताएका थिए ।

कार्यक्रममा फोरम लोकतान्त्रिका गोरखनाथ कसौधन, नेकपा माओवादी बिप्लपका सुरज परियार, ईलाका प्रहरी कार्यलय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, नेपाल राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमराज रोकामगर, राप्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गेमबहादुर खड्का, रोल्पाली एकता समाजका सचिव भिमप्रकाश पुन, राप्तीद्धार साप्ताहिकका सम्पादक केशब बोहरा, पत्रकार सन्तोषकुमार गुप्ता, बिदुर एमसी र कमल गिरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य तथा सञ्चारकर्मी प्यारअलि खानले गरेका थिए ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गको खेल मैदानमा बैशाख २ गते सम्म सञ्चालन हुने क्रिकेट प्रतियोगितामा दाङ्ग सहित बाँके, कपिलबस्तु, प्यूठान र अर्घाखाँचीबाट गरी १६ वटा टिमले भाग लिएको क्लबका सचिव मोहम्मद हसनले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई नगद २२ हजार २ सय २२ र दोस्रोलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण—पत्र र अन्य पुरुस्कार राशी रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ