२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा न्यू ईएर टफी टी—ज्ञद्द नकाउट क्रिकेट शुरु

२७ चैत्र २०७२, शनिबार ११:१६

cricket dangसन्तोषकुमार गुप्ता/चैत २७, भालुवाङ् । भालुवाङ्गमा आईतबार देखि न्यू ईएर टफी टी—ज्ञद्द नकाउट क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

आयोजक संयुक्त मुस्लिम युवा क्लव भालुवाङ्गले आफ्नो दोस्रो बार्षिक उत्सव तथा नब बर्ष २०७३ सालको अवसरमा आयोजित न्यू ईएर टफी टी—ज्ञद्द नकाउट क्रिकेट प्रतियोगिताको भालुवाङ्गमा एक कार्यक्रमको उद्घाटन गरिएको छ ।

राप्ती अञ्चलको प्रवेशद्धार समेत रहेको भालुवाङ्ग ठाउँको पहिचान राष्ट्रिय स्तर सम्म पु¥याउन तथा क्रिकेट खेलको माध्यमबाटै सक्षम क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक बर्ष झै यस बर्ष पनि क्लबको बार्षक कार्ययोजना अनुरुप क्रिकेट प्रतियोगिताका आयोजना आयोजना गरिएको हो ।

क्लबका अध्यक्ष हासेनको अध्यक्षता एवम् शसस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गका गणपति मानबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष हस्तबहादुर गुरुङ्गको बिशिष्ट आतिथ्यमा प्रतियोगिता उद्घाटन गरिएको हो ।

cricket bhalubang

क्लबका बरिष्ठ सललाहकार तथा सञ्चारकर्मी जमिर शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुदको विकासबाट मात्र सक्षम खेलाडी उत्पादन गर्न सकिने बताएका थिए । उनीहरुले उत्पादित खेलाडीहरुको सिप विकास गर्न तथा क्रिकेट जस्ता खेलबाटै अन्तराष्ट्रिय क्षेत्रमा छुट्टै पहिचान बनाउन राज्यले खेलकुदको विकासका लागि खेलमैत्री कार्यक्रम ल्याउनु पर्ने बताएका थिए ।

कार्यक्रममा फोरम लोकतान्त्रिका गोरखनाथ कसौधन, नेकपा माओवादी बिप्लपका सुरज परियार, ईलाका प्रहरी कार्यलय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, नेपाल राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमराज रोकामगर, राप्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गेमबहादुर खड्का, रोल्पाली एकता समाजका सचिव भिमप्रकाश पुन, राप्तीद्धार साप्ताहिकका सम्पादक केशब बोहरा, पत्रकार सन्तोषकुमार गुप्ता, बिदुर एमसी र कमल गिरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य तथा सञ्चारकर्मी प्यारअलि खानले गरेका थिए ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गको खेल मैदानमा बैशाख २ गते सम्म सञ्चालन हुने क्रिकेट प्रतियोगितामा दाङ्ग सहित बाँके, कपिलबस्तु, प्यूठान र अर्घाखाँचीबाट गरी १६ वटा टिमले भाग लिएको क्लबका सचिव मोहम्मद हसनले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई नगद २२ हजार २ सय २२ र दोस्रोलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण—पत्र र अन्य पुरुस्कार राशी रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु