२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पूर्व सभासद शान्ता चौधरी प्रथम श्रेणीमा कक्षा ८ पास

४ बैशाख २०७३, शनिबार ०७:३२

सन्तोषकुमार गुप्ता/बैशाख ४, दाङ । एमालेका नेता एवं पूर्व सभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परिक्षामा पास भएकी छन् ।

दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट पारिक्षा दिएकी शान्ता पहिलो श्रेणीमा पास भएकी हुन् । सभासद बन्दा आफ्नो अशिक्षाका कारण धेरै दुख झेल्नुपरेको महसुस गरेपछि शान्ता गाउँको विद्यालयमा भर्ना भएकी थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा खुशी साट्दै शान्ताले लेखेकी छिन, ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ ।’ ‘घर व्यवाहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ,’ ‘फेल हुन्छु भन्ने लागेको थियो, तर पास भइछु । पास मात्रै होइन फस्ट डिभिजन आइछु ।’

पास भएपछि यस्तो लेखिकी छिन शान्ता
धेरैलाई हासो लाग्दो हो तर मलाई जीवनकै सर्वाेच्च उपलब्धी लागेको छ । मैले कक्षा आठ पास गरे । जिल्ला स्तरीय परीक्षा थियो । घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएको थिइन। आफूलाई फेल हुन्छु भन्ने कत्रो चिन्ता थियो तर पास भएछु ।

पास मात्र होइन फस्ट डिभिजन आएछु । म पास हुँदा मेरा छोराछोरीको खुसीको सीमा छैन । उनीहरु असाध्यै खुसी छन् । स्कूलका आदरणीय गुरुहरुले म पास भए पनि यति अङक आउला भन्ने सोच्नुभएको थिएन रे ।

आदरणीय गुरुहरु प्रति आभारी छु । गुरुहरुले मलाई ज्ञान दिएर लगाउनुभएको गुणका लागि कृतज्ञता ज्ञापन गर्ने म सँग शब्द नै छैन । कक्षाका साथीहरु कसले कति अङक ल्याउनुभयो मैले थाहा पाएकी छैन । किनभने म अहिले धरानमा छु ।

कक्षामा सँगै पढ्ने छोराछोरी भन्दा सानाहरुलाई साथी भन्न पाउँदा मलाई गर्वको अनुभुति हुन्छ । ती बालसखाहरुबाट मैले धेरै कुरा सिक्न पाएकी छु । मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुसीको कुरा हो भन्छन् तर आठ कक्षा पास गर्नु मेरा लागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो । मलाई ध्यान दिएर पढ्न मिडियाले पनि बाध्य बनायो ।

म स्कूल जान थालेको समाचार मिडियामा आओस भन्ने चाहन्नथे तर आयो । मिडियामा लगातार समाचार आयो । यो कारण पनि म पढाइमा ध्यान दिन बाध्य भएँ । यसका लगि सञ्चारकर्मीहरुलाई धन्यवाद ।

मलाई पढ्न सधै प्रेरित गर्ने हाम्रो पार्टी नेकपा एमालेका नेताहरु तथा पार्टी पक्ति, सकारात्मक अभियानका साथीहरु, शुभचिन्तकहरु तथा इष्टमित्रहरुप्रति आभारी छु । तपाईहरुको आशीर्वाद तथा प्रोत्साहनले म कक्षा नौमा पनि अवश्य सफल हुनेछु ।

आफू पास हुँदा छोराछोरीमा खुशीको सीमा नरहेको पनि उनले उल्लेख गरेकी छिन् । उनका छोरा कक्षा ९ र छोरी कक्षा सातमा काठमाडौंमा पढ्दैछन् । शान्ताले आफू जिल्लास्तरीय परिक्षामा पास हुनुलाई मन्त्री हुनुभन्दा ठूलो उपलब्धि बताएकी छिन् ।

‘मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुशीको कुरा हो भन्छन, तर आठ कक्षा पास गर्नु मेरालागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो ।’ मिडियाले लगातार पछयाएकाले पनि आफू ध्यान दिएर पढ्न वाध्य भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु