७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कक्षा १२ को परिक्षा सुरु, दाङमा १६ वटा परिक्षा केन्द्र, ८ हजार १०१ परिक्षार्थी

२० बैशाख २०७३, सोमबार १०:५६

सन्तोषकुमार गुप्त/ बैशाख २०, दाङ । आज देखि कक्षा १२ को परिक्षा सुरु भएको छ । आज पहिलो दिन अंग्रजी विषयको परिक्षा भइरहेको छ । वैशाखको ३१ सम्म संचालन हुने कक्षा १२ को परिक्षा विहान ७ बजेदेखि १० बजेसम्म निर्धारण गरिएको छ ।

जिल्लामका १६ वटा परिक्षा केन्द्रबाट ८ हजार १०१ परिक्षार्थीले परिक्षा दिदैछन् । दाङमा कुल १६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये देउखुरी क्षेत्रमा ५ , घोराहीमा ५ , तलसीपुरमा ४ र क्षेत्र नम्वर ५ मा २ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । तुलसीपुर क्षेत्रमा ४ वटा र पश्चिम दाङमा २ वटा गरी कुल ६ वटा परिक्षा केन्द्र तोकिएको छ । तुलसीपुरमा, गुरु जजुर उच्चमावि, राप्ती विद्यामन्दिर, राप्ती ववई क्याम्पस, महेन्द्र उच्चमाविमा परिक्षा केन्द्र तोकिएको छ । पश्चिम दाङको वयाले सिमतारा र श्रीगाउँ उच्च माविमा परिक्षा केन्द्र तोकिएको छ ।

राप्तीमा ४६ परिक्षा केन्द्र
राप्ती अञ्चलमा कुल ४६ परिक्षा केन्द्र तोकिएको छ । जसमध्ये प्यूठान जिल्लामा १हजार ५ सय ५९, रोल्पामा १ हजार १ सय ६८ , रुकुममा ३ हजार १ सय ४९ , सल्यानमा १ हजार ८ सय ८३ विद्यार्थी परिक्षामा सामेल रहेको उच्चमावि शिक्षा परिषद दाङका कार्यालय प्रमुख रामजनम चौधरीले तुलसीपुर अनलाईनलाई बताए । कक्षा ११ को परिक्षा भने आगामी जेठ २ गते देखि सुरु हुेन छ । राप्तीमा कक्षा ११ र १२ गरी कुल ३२ हजार २ सय ४७ विद्यार्थी रहेको उच्चमावि शिक्षा परिषद दाङका कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित)