२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बहुउद्देश्यीय कृषि तथा च्याउ फर्मको तेस्रो सार्वजनिक सुनुवाई

२५ बैशाख २०७३, शनिबार ०३:३७

सन्तोषकुमार गुप्ता, बैशाख २५, भालुवाङ्ग ।

– च्याउको बिउ बिक्रीबाट सात महिनाको अवधिमा १० लाख बढीको आम्दानी
देउखुरीको लालमटिया स्थीत बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्म मौरीघाटले सात महिनाको अवधिमा १० लाख ९१ हजार ९ सय ३० रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा फर्मले शुक्रवार आफनै फर्ममा आयोजना गरेको तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत यस्तो जानकारी गराइएको हो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै फर्मका सञ्चालक दोर्णबहादुर जिसीले रिजमको २१ लाख ७ हजार २२ रुपैयाँ ५० पैसा अनुदान र फर्मको २८ लाख ६९ हजार ५६ रुपैयाँ ३५ पैसा गरि कुल ४९ लाख ६९ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसाको कुल लागतमा फर्म निमार्ण गरी १८ हजार १ सय ९८ पोका बिउ उत्पादन बिक्रीबाट सात महिनाको अबधिमा १० लाख ९१ हजार ९ सय ३० रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको हो ।
dang ss

जस अनुसार फर्मले असोज महिनामा ९३ हजार २ सय ४० रुपैयाँ, कार्तिकमा १ लाख ३० हजार ७ सय ५५ रुपैयाँ, मंसिरमा २ लाख ५४ हजार १० रुपैयाँ, पुसमा १ लाख ६४ हजार ८ सय ४० रुपैयाँ, माघमा १ लाख ७४ हजार ४ सय ७५ रुपैयाँ , फागुनमा १ लाख ५१ ह्जार ३ सय ६० रुपैयाँ र चैतमा १ लाख ५८ हजार ८ सय ५० रुपैयाँ आम्दानी विवरण समेत प्रस्तुत गर्नु भएको थियो । २०७१ माघमा फर्म स्थापना भई २०७२ असोजबाट च्याउको बीउ उत्पादन सुरु गरेको फर्ममा हाल कन्या, दुधे र गोब्रे जातको च्याउको बिउ उत्पादन भइरहेको संचालक जिसीले बताउनु भयो । हाल फर्मबाट उत्पादन भएको बिउ दाङ जिल्ला सहित बाके, बर्दिया, सुर्खेत, रुकुम, सल्यान, कपिलवस्तु र बैतडी जिल्लामा समेत खपत भइरहेको बताउनु भयो । हाल च्याउको बिउको माग अत्याधिक भएकाले किसानहरुलाई पु¥याउन निकै गाह्रो भएको सञ्चालक जिसीले बताउनु भयो ।
फर्मका सञ्चालक दोर्णबहादुर जिसीको अध्यक्षता एवम् रास नेपालका जिल्ला संयोजक हरि शर्माको प्रमुख आतिथ्यता एवम् लालमटिया गाविस सचिव मंगलप्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले देउखुरीलाई च्याउमा आत्मानिर्भर बनाउनु पर्ने बताएका थिए । उनीहरुले देउखुरीमा कृषि उत्पादनको प्रबल सम्भावना हुँदाहुँदै पनि तुलनात्मक रुपमा कृषि उत्पादनको विकास हुन नसकेको समेत बताएका थिए ।

कार्यक्रममा रिजमका कृषि प्राविधिक रेशमबहादुर रावत, सहर्जकर्ता गोपाल बिक, बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्मका सल्लाहकार तथा अनुगमन समिती संयोजक कृष्ण गिरी, सिरिनभ्याली उच्च माविका प्रचार्य तेज बिष्ट, वार्ड नागरिक मञ्चका संयोजक लौबहादुर चौधरी, यु.एस कृषि फर्मका प्रबन्धक विष्णु अधिकारी, शिखर लघु उद्यम च्याउ खेती फर्मका अध्यक्ष दिलबहादुर विष्ट, पत्रकारहरु ओमप्रकाश गुप्ता, विदुर एमसी र कमल गिरीलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । फर्मकी प्रबन्धक विमला पन्त जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन फर्मका प्रेस सल्लाहकार तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य