२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा सासू–बुहारी अन्तरक्रिया सञ्चालन शुरु

२३ पुष २०७५, सोमबार १०:३७

  पुस २३, जाजरकोट |  सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासू–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ । 

नगरपालिकाले प्रत्येक वडा, टोल पुगेर सासू, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरिका सासू, बुहारीसँगै राखेर दैनिक अन्तरक्रियामार्फत आपसी समझदारी गर्दै भएका समस्यालाई खुलेर राख्नुका साथै एकले अर्कालाई राम्रोसँग बुझ्ने काम भएको नगरपालिकाले बताएको छ । 

नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो, “सासू, बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसाजन्य काम भएकाले यसलाई कम गर्नु पहिलो काम हो, घर शान्ति नभई गाउँ शान्ति हुँदैन ।” नगरप्रमुख रावललका अनुसार गाउँगाउँमा जति हिंसाका कुरा सार्वजनिक हुन्छन्, ती सबै सासू, बुहारीको द्वन्द्वकै कारणले गर्दा देखिने गरेको छ । अहिले प्रत्येक टोलमा गएर सासू, बुहारी, सासुरासमेतलाई सँगै राखेर छलफल गर्ने काम भइरहेको छ । 

छलफलका क्रममा अधिकांशले एकले अर्कालाई नबुझ्दा झगडा हुने गरेको बताएका छन् । झगडा समाधानका लागि सहजकर्ताको भूमिका खेल्ने अर्को व्यक्ति नहुँदा द्वन्द्व बढ्ने गरेको सहभागीले बताएका छन् । 

अहिले बुहारी भएको व्यक्ति भोलि गएर सासू नै हुने कुराको ज्ञान नहुँदा समस्या आएको अन्तरक्रियामा सहभागी सासुराहरूले बताएका छन् । घरमा असमझदारी बढ्दा, झगडाका साक्षी रहेका सानासाना बालबालिकामा मानसिकरूपमा असर पर्नुका साथै उनीहरूको स्वभाव पनि झगडालु हुने गरेको महिला तथा बालबालिका कार्यालयका प्रमुख सकुन्तला आचार्यले बताउनुभयो । 

श्रीमान्, श्रीमती, सासू, ससुरालाई सँगै राखेर नगरपालिकाका १३ वटा वडामा अन्तरक्रिया कार्य जारी राखेको आचार्यले बताउनुभयो । अन्तरक्रियामा सहभागीले एकले अर्कोलाई दोष दिनुभन्दा समस्या कहाँ भएको हो त्यो कुरामा छलफल गर्ने बताएका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य