२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा सासू–बुहारी अन्तरक्रिया सञ्चालन शुरु

२०७५, २३ पुष सोमबार १०:३७

  पुस २३, जाजरकोट |  सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासू–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ । 

नगरपालिकाले प्रत्येक वडा, टोल पुगेर सासू, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरिका सासू, बुहारीसँगै राखेर दैनिक अन्तरक्रियामार्फत आपसी समझदारी गर्दै भएका समस्यालाई खुलेर राख्नुका साथै एकले अर्कालाई राम्रोसँग बुझ्ने काम भएको नगरपालिकाले बताएको छ । 

नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो, “सासू, बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसाजन्य काम भएकाले यसलाई कम गर्नु पहिलो काम हो, घर शान्ति नभई गाउँ शान्ति हुँदैन ।” नगरप्रमुख रावललका अनुसार गाउँगाउँमा जति हिंसाका कुरा सार्वजनिक हुन्छन्, ती सबै सासू, बुहारीको द्वन्द्वकै कारणले गर्दा देखिने गरेको छ । अहिले प्रत्येक टोलमा गएर सासू, बुहारी, सासुरासमेतलाई सँगै राखेर छलफल गर्ने काम भइरहेको छ । 

छलफलका क्रममा अधिकांशले एकले अर्कालाई नबुझ्दा झगडा हुने गरेको बताएका छन् । झगडा समाधानका लागि सहजकर्ताको भूमिका खेल्ने अर्को व्यक्ति नहुँदा द्वन्द्व बढ्ने गरेको सहभागीले बताएका छन् । 

अहिले बुहारी भएको व्यक्ति भोलि गएर सासू नै हुने कुराको ज्ञान नहुँदा समस्या आएको अन्तरक्रियामा सहभागी सासुराहरूले बताएका छन् । घरमा असमझदारी बढ्दा, झगडाका साक्षी रहेका सानासाना बालबालिकामा मानसिकरूपमा असर पर्नुका साथै उनीहरूको स्वभाव पनि झगडालु हुने गरेको महिला तथा बालबालिका कार्यालयका प्रमुख सकुन्तला आचार्यले बताउनुभयो । 

श्रीमान्, श्रीमती, सासू, ससुरालाई सँगै राखेर नगरपालिकाका १३ वटा वडामा अन्तरक्रिया कार्य जारी राखेको आचार्यले बताउनुभयो । अन्तरक्रियामा सहभागीले एकले अर्कोलाई दोष दिनुभन्दा समस्या कहाँ भएको हो त्यो कुरामा छलफल गर्ने बताएका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने