हिउँ पर्दा दङ्ग जुम्लाका जनता

Posted on: 07 Jan, 2019

 पुस २३, सिन्ज्जा | जुम्ला जिल्लाभरि हिमपात हुँदा जुम्ली जनता खुशी भएका छन् । हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छ । हिमपात हुँदा अत्यधिक जाडो बढेको छ । यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन् । 

रारा घुम्न आउनुभएका कोहलपुर मदनचोकका सुरेन्द्रबहादुर शाही रारा ताल आउँदा आफू भाग्यमानी भएको ठान्नुहुन्छ । आफ्नो यात्रा यतिखेर रमाइलो भएको बताउँदै उहाँले भन्नुभयो, “यात्राकै क्रममा हिउँ आउँदा सुनमा सुगन्ध भएको छ ।” हिजो रातिदेखि परेको हिउँ अहिलेसम्म आउने क्रम जारी नै छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!