२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरमा यातायात व्यवसायी बीच झडप, राप्ती समितिका अध्यक्ष घाइते

२५ बैशाख २०७३, शनिबार ०८:४६

jhadapसन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । मालिका–कालिका यातायात प्रालिले आज दाङको तुलसीपुर बाट रूकुममा यात्रुवाहक बस सञ्चालन गर्ने क्रममा गाडीमा अबरोध गर्न खोज्दा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरी बीच झडप भएको छ ।

झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समितिका अध्यक्ष सुरेस हमालको टाउकोमा चोट लागेको छ । मालिका–कालिका यातायात प्रालिले रूकुम छुटाउन लागेको नम्बरको एसि हाइसमा तोडफोड गर्ने क्रममा लाठी चार्ज गर्दा हमाललाई चोट लागेको इप्रका तुलसीपुरले जनाएको छ । प्रालिका बस र कर्मचारीमाथि आक्रमण गर्न खोज्ने राप्ती समितिका कर्मचारी धनबहादुर डाँगीलगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकारको क्यामेरा खोसियो
प्रालिले रूकुम गाडी छुटाउन खोज्दा समाचार संकलनमा खटिएका मलाय नेपाल डट नेटका सम्पादक एवं पत्रकार नेपाल महासंघका साधारण सदस्य गणेश आचार्यको क्यामेरा राप्ती समितिका बरिस्ठ उपाध्यक्ष भरतनाथ योगले खोसेर लगेका छन् ।

सम्पादक आचार्यले आफूले फोटो खिच्दै गर्दा राप्ती समितिका अध्यक्ष सुरेस हमालले आक्रमण गर्न निर्देशन दिएपछि बरिष्ठ उपाध्यक्ष योगीले क्यामेरा खोसेर लगेको जानकारी दिएका । उनले आफ्नो क्यामेरा खोसिएको बारेमा पत्रकार महासंघलाई लिखित जानकारी गराएको जानकारी दिएका छन् ।

राप्ती समितिले यातायात ठप्प पारेपछि राप्तीको जनजीवन कष्टकर
राप्ती अञ्चल बस समितिले तुलसीपुर–रुकुम सडक खण्डमा यातायात ठप्प पारेपछि राप्तीको जनजीवन कष्टकर बनेको छ । राप्ती समिति, कालिका मालिका र दाङ प्रालि बीच सल्यान रुकुम सडकमा बस चलाउने विषयमा विवाद भएपछि राप्ती समितिले यातायात ठप्प पारेको हो ।

समितिले आज बिहानैदेखि यातायात ठप्प परेपछि गन्तव्यसम्म पुग्ने सयौं यात्रुहरु मर्कामा परेका छन् । गन्तव्यसम्म पुग्न नसक्दा यात्रुहरु अन्यौलमा परेका छन् । हिजो बिहान पनि यसै विषयमा विवाद भएपछि यातायात ठप्प पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो