२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यातायात बन्द हुँदा राप्तीको जनजीवन कष्ठकर, यात्रुलाई सास्ती

२६ बैशाख २०७३, आईतवार ०५:१९

banda dangराप्तीमा दोश्रो दिन पनि यातायात बन्द जारि, तुलसीपुर बजार पनि बन्द

सन्तोषकुमार गुप्ता/बैशाख २६, दाङ । राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको चक्का जाम दोस्रो दिन पनि यथावत छ ।

बन्दका कारण राप्तीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । वस सञ्चालनको विषयमा राप्ती समिति र मालिका कालिका प्रालिको विचमा विवाद उत्पन्न भएपछि राप्ती समितिले राप्तीमा शनिवार देखि चक्का जाम गर्दै आएको छ । जसले गर्दा राप्तीको सामान्य जनजिवन निकै कष्टकर बनेको छ । सर्वसाधरण यात्रुहरु गनतब्य तर्फ जान पाएका छैनन् । पूर्व सूचना विनानै एकाएक बन्द गरिदा नागरिक अप्ठेरोमा परेका छन् ।

शनिवार प्रहरीले राप्ती समितिका अध्यक्ष एवं नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव सुरेश श्रेष्ठ लगाएतका पदाधिकारीलाई लक्षित गरी आक्रमण गरेको विरोधमा चक्का जाम गरिएको हो । प्रहरीले सुनियोजित किसिमले आफ्ना अध्यक्ष लगायत पदाधिकारीलाई आक्रमण गरी शख्त घाईते बनाएको भन्दै विरोधमा चक्का जाम गरिएको हो । समान्य विवाद हुँदा उक्त विवाद मिलाउन गएका समितिका अध्यक्ष हमालमाथि प्रहरीले एकाएक लाठी चार्ज गरेको राप्ती समितिले आरोप लगाएको छ ।

लाठी चार्जबाट उनको टाउको फुटेको छ । प्रहरी ज्याजतीका विरुद्धमा आफूहरुले चक्काजाम गरेको र त्यो रहर नभई वाध्यता भएको राप्ती समितिले विज्ञप्ति मार्फत जनाएको छ । तर प्रहरीले भने दुई समितिका विचमा मुठभेडको स्थिति सृजना भएपछि र सवारी साधनमाथि तोडफोड हुनथालेपछि लाठी चार्ज गरिएको दाबी गरेको छ । शुक्रवार देखि मालिका कालिका यातायात प्रालिले राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुर देखि रुकुम सम्म वस सञ्चालनगर्न खोजेपछि राप्ती समिति र उक्त प्रालिका विचमा विवाद उत्पन्न भएको थियो । त्यसयता दाङको सार्वजनिक यातायातमा तनाव उत्पन्न भएको थियो ।

आज तुलसीपुर बजार पनि बन्द
व्यवसायी एवं तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार सुरेश हमालमाथि भएको आक्रमणको विरोधमा आईतवार तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरको वजार बन्द गराएको छ । आक्रमणमा सम्लग्न दोषी प्रहरी माथि कारवाहीको माग गर्दै तुलसीपुर बजार बन्द गरिएको हो ।

संघका अध्यक्ष विमल रिजाल र महासचिव नेत्र वलीले विज्ञप्ति जारी गर्दै प्रहरी ज्याजतिको विरोधमा आइतवार एक दिनका लागि बजार बन्द गर्न आह्वान गरेका छन् । उनीहरुले प्रहरीको व्यवहार विवाद सामाम्य पार्ने भन्दा पनि झनै अराजक किसिमको देखिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…