१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरमा पाँच वर्षीय बालकको हत्या

७ चैत्र २०७२, आईतवार ०६:५४

चैत्र ७, जनकपुर / जनकपुर –१९ बेंगाशिवपुर निवासी असलम राईनका
पाँच वर्षीय छोरा असरफ आजबिहान आफ्नै घर पछाडि हत्या गरिएको अवस्थामा भेटीएको छ ।  वैदेशिक रोजगारीको
लागि कतार गएका असलमका एकमात्र छोरा असरफलाई शनिबार बिहान करिब नौ बजे अपहरण गरिएको परिवारजनले जनाएको छ

बिहान नौ बजेबाट नै बेपत्ता भएको छोरालाई दिनभर गाउँको
घर–घरमा खोजियो । कतै नभेटीएपछि साँझ प्रहरीलाई खबर गरिएपनि रातिमै बालकको हत्या भएको मृतकका काका सोमन
राइनले जानकारी दिए ।

असरफ आज बिहान पाँच बजे घर पछाडिकै
गहुँबारीमा मृतअवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । उनको नाक र आँखाबाट रगत आएको देखिएकाले
घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गर्न सकिने जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त
जोशीले बताए ।

शवलाई घटनास्थलको मुचुल्कापछि पोष्टमार्टमको लागि
जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । हत्या गरिएको बालकलाई फिरौतिको लागि बाहिरका अपराधीले अपहरण गरेको
जस्तो नदेखिएको भन्दै जोशीले भने, व्यक्तिगत रिसइबी साध्न गाउँकै व्यक्तिहरुले यस्तो घटना गरेको जस्तो
देखिन्छ । प्रहरीले घटना गम्भिर प्रकृतिको भएको भन्दै अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते