२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यातायात बन्दको संर्वतत्र आलोचना, बन्द फिर्ता लिन आग्रह

२६ बैशाख २०७३, आईतवार १२:१३

सन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ ।  आम नागरिकलाई सास्ती हुने गरी यातायात र उद्योगी व्यवसायीहरुले गाडि तथा पसल बन्द गरेको प्रति विभिन्न क्षेत्रबाट आलोचना भएको छ । नागरिक समाज दाङले यातायात व्यवसायीले गाडि र उद्योग बाणिज्य संघले बजार बन्द गर्नु ठिक नभएको भन्दै तत्काल बन्द खुलाउन माग गरेको छ ।

नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी र सचिब चन्द्रराज पन्थले बिज्ञप्ती जारी गर्दै बिबादलाई सम्बादबाट समाधान गर्न अपिल गरेका छन् । यातायात व्यवसायीलाई गाडि र उद्योग बाणिज्य संघले बजार बन्द गरिदिदा आम नागरीकले बिना कारण सास्ती भोग्नु परेको भन्दै तत्काल छलफलबाट समाधान खोजी बन्द फिर्ता लिन आग्रह गरिएको छ । स्वतन्त्ररुपमा हिड्न र उपभोग गर्न पाउने अधिकारबाट नागरिकहरु बन्चित हुनुपरेको भन्दै तत्काल जनजिवनलाई सहज बनाउन तर्फ ध्यान दिन सरोकारवालाहरुलाई बिज्ञप्तीमा आग्रह गरिएको छ ।

यसैविच विप्लव नेतृत्वको नेकपा माओबादी निकट बिद्यार्थी संगठनले बस समिति विच उत्पन्न विबादमा भएको यातायात बन्द प्रति आपत्ति जनाएको छ । अखिल क्रान्तीकारी दाङका अध्यक्ष हेमन्त जिसी र सचिव मदन केसीले विज्ञप्ती जारी गर्दैै नागरिक सेवामा सहज वातावरण निर्माण गर्न सबै पक्ष लाई आग्रह गरेका छन् । साथै बिज्ञप्तीमा छलफलबाट समस्या समाधानमा लाग्न आग्रह गर्दै प्रहरी प्रशासनलाई भड्काउने अबस्थाको सृजना हुने गरि नउत्रिन समेत आग्रह गरिएको छ । यसैविच सामाजिक सञ्जालहरुमा पनि यातायात व्यवसायी र उद्योग बाणिज्य संघको बन्द प्रति आलोचना भएको छ ।

बन्द खोल्ने विषयमा सहमति जुटेन, केहीबेरमा फेरि वार्ता बस्ने
बन्द खुलाउने विषयमा तुलसीपुरमा भएको वार्ता टुङ्गोमा नपुगे पछि केहिबेरमा जिल्ला प्रशासन कार्यालयमा पुन ः छलफल हुने भएको छ । बस सञ्चालनको क्रममा क्युको विषयमा कुरा नमिलेपछि वार्ता टुङगोमा नपुगेको वार्ता टोली सदस्यमध्येका तुलसीपुर उद्योग वाणीज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो । ‘वार्तामा केटाकेटी कुरा भयो त्यसैले कुरा मिलेन’, अध्यक्ष रिजाल्ले भन्नु भयो ।
यता प्रमुख जिल्ला अधिकारी दीपक काफलेले सिडियोसँंग नै वार्ता गर्ने महसुस यातायात व्यवसायीहरुले गरेकाले छलफलका लागि बोलाएको बताउनुभयो । जसका कारण बन्द खुल्ने कि नखुल्ने भन्ने कुरा अन्यौलमा परेको छ । ट्राफिक कार्यालय तुलसीपुरमा राप्ती समिति, दाङ प्रालि, मालिका कालिका, तुलसीपुर उद्योग वाणीज्य संघ, यातायात, तुलसीपुर नगरपालिका प्रतिनिधिहरु बीच करिब साढे २ घण्टासम्म वार्ता भएको थियो । सिडियो कार्यालयमा यातायात र राप्ती समितिका बीचमा मात्रै छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु